8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeखेलकुदठुलो परिमाणमा...

ठुलो परिमाणमा गाँजासहित चार युवक पक्राउ ! सुनसरी

सुनसरीमा गाँजासहित चार जना व्यक्तिलाई प्रहरीेले पक्राउ गरेको छ ।

जिल्लाको कोशी गाँउपालिका वडा नं. ७ हरीपुरमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कालो त्रिपालले पछाडिको भागमा छोपिएको प्र. १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई रोक्न खोज्दा चालक ट्रक छाडेर भागेका थिए ।
उक्त ट्रकको डालाको भागमा फलामको पाताले वेल्डिङ गरी बक्स आकारको फल्स बटम बनाई उक्त बटमभित्र लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा ११ वटा बोरामा ३ सय ४० किलोग्राम लागूऔषध गाँजा बरामद गरिएको थियो ।
घटनामा तत्काल फरार रहेका प्रतिवादीहरूको सम्बन्धमा सुक्ष्म रूपमा अनुसन्धान गर्दा ट्रक धनी तथा चालक धनकुटाको शहिदभूमी गाँउपालिका वडा नं. ४ पिप्लेडाँडा बस्ने ३० वर्षीय जयप्रकाश राईलाई पक्राउ गरिएको हो ।
उनलाई सोधपुछ गर्दा उनीबाट खुल्न आएका अन्य तीन जना मानिसहरूलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता, डीएसपी रामप्रसाद तिम्सिनाले जानकारी दिनु भयो । राईसहित पक्राउ पर्नेमा भोजपुरको पौवादुम्मा ६ बस्ने २२ वर्षीय समीर राई, सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ बस्ने २२ वर्षीय रूपेश यादव र कोशी ८ का २५ वर्षीय भक्ति भन्ने विहारी मुखिया रहेका छन् ।

पक्राउ परेका चारैजनामाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको तिम्सिनाले जानकारी दिनु भयो ।

RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments