Tuesday, January 13, 2026
spot_img
HomeEnglish Newsडिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

डिआइजी भट्टराईलाई पद सुम्पिन एआइजी केसीको राजीनामा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले पदबाट राजीनामा दिएका छन् । एआइजी केसीले शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

‘बिरामी र घरायसी कारणले उहाँले राजीनामा पत्र बुझाउनु भएको छ,’ प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकनिकट स्रोतल भन्यो।

केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने ‘विशिष्ट’ छ। केसीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईका लागि स्थान पक्का गर्ने गरी एआइजी बनाइएको थियो।

भट्टराई र केसी दुबै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन्। कुँवरले आफ्ना सबै ब्याचमेटलाई एआइजी बनाइसकेका थिए। बाँकी रहेका भट्टराई मात्रै एआइजी हुन बाँकी थिए।

गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए। त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने ‘सर्त’ राखेर एआइजी बनाइएको थियो। आफू एआइजी बनेर प्रदेश समन्वय विभागमा पोस्टिङ भएको केही समयमै केसी बिरामी तथा घरायसी कारण भन्दै बिदामा बसेका थिए।

‘केसीको राजीनामा गृह मन्त्रालयमा पठाइन्छ,’ कुँवरको सचिवालयले भन्यो, ‘अब भट्टराईलाई एआइजी सिफारिस गर्ने तयारी छ।’

यसअघि कुँवरले आफ्ना ब्याचमेट भीम ढकाल, केदार ढकाल, किरण राणा, भरतबहादुर बोहरालाई एआइजी बनाइसकेका थिए।

आफ्ना ब्याचमेट सबैलाई परिस्थिति मिलाएर विशिष्ट श्रेणीको पद (एआइजी) बनाउन कुँवर लागिपरेका थिए। त्यसका लागि उनले गृहमन्त्री रमेश लेखकसँग सहमति लिइसकेका थिए।

महानिरीक्षक कुँवरलाई सरुवा तथा बढुवामा राजनीतिक शक्तिकेन्द्रसँग ‘नतमस्तक’ भएको आरोप लाग्ने गरेको छ। केसीको राजीनामालाई त्यसैको ‘उपज’ ठानिएको छ।

(Visited 1 times, 1 visits today)


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments