Home गृहपृष्ठ तमु समाज कुवेतद्वारा बाढी पिडितलाई ५१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग

तमु समाज कुवेतद्वारा बाढी पिडितलाई ५१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग

0
तमु समाज कुवेतद्वारा बाढी पिडितलाई ५१ हजार १ सय रुपैयाँ आर्थिक सहयोग

आर डि क्रीएशन/ २९ अक्टोबर, कुवेत। सेवा नै धर्म हो भन्ने मुल मन्त्रले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आवद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था तमु समाज कुवेतले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा २०७५ भदौ २७ गते आएको भीषण बाढी पिडितलाई ५१ हजार १०० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बाढी पहिरो पिडितलाइ उक्त रकम एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको थियो। कार्यक्रममा मर्स्याङ्दी गाउँपालिकाका वडा अध्यक्ष अर्जुन गुरुङ, र वडा न,७ का अध्यक्ष युवा घले लगयत समाजसेवी, बुद्धिजिवि साथै तमु समाज कुबेतका भू:पू उपाध्यक्ष, नबिन गुरुङ, भू:पू तमू साँस्कृतिक बिभाग प्रमुख द्रोण जङ्ग गुरुङ, केही महिनाको लागि छुट्टी मा जानु भएका समाज का सल्लाहकार शुक बहादुर गुरुङको तथा स्थानियवासिको उपस्थितीमा तमु समाजको सदस्यहरुबाट संकलन भएको रकम मर्स्याङ्दि गाउँपालिकाका अध्यक्ष अर्जुन तमुलाइ एकमुष्ट हस्तान्तरण गरिएको थियो। उनले तमु समाज कुवेत र परिवार सम्पूर्ण सहयोगी मनहरुलाइ धन्यवाद ज्ञापन गरेका छन ।

तमु समाज कुवेतले स्थापना काल देखिनै बिभिन्न खालका सामाजिक कार्यमा कर्तब्य निष्ठ भई स्वदेश तथा विदेशमा कहिले ब्याक्तिलाई, कहिले समुहलाई, कहिले गाउँसमाजलाई भने कहिले दैबी प्रकोप पिडितहरुलाइ हरेक किसिमको सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सद्भाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै आएको छ ।