8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeस्वास्थ्यतमू समाज कुवे...

तमू समाज कुवेतको पहलमा मुना कार्की लाई (6युनिटA-ब्लड) उपलब्ध।

राम्रो दृष्टि/ २९ जुलाइ, कुवेत। “रगतदान जीबनदान” नेपाल काठमाडौ बसुन्धरा घर भइ हाल अलकुवैत कम्पनी मा कार्यरत (मुना कार्की) बिमारी हुनु भइ उपचारका लागि कुवेतको(Amri Hospitls)मा भर्ना हुनु भएकी मुना पहिले पनि २ पल्ट अस्पतला भर्ना भएकी भएका थिन तर मुना लाई blood उपल्बद गराउन भने सकिएको थिएन। मुना कार्की लाई उपचारको क्रममा मुटुको बल्ब शल्यक्रिया गर्नुपर्ने अवस्था आएकोले डाक्टरद्वारा तुरुन्तै A पोजिटिभ रगत (6) युनिट उपलब्ध गराउनु भनि बिमारी लाई खबर गरे पस्चात,बिरामी आफै साथै उहाका साथी भाई तथा आफन्तहरु लाई अत्तालिदै यताउति रगतको हारगुहार गरिरहको बेला नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष (सुन ब.तामांङ) संग संपर्क भयो सपर्क पस्चात अध्यक्ष तामांङले तमू समाज को पुर्ब अध्यक्ष बर्तामान सल्लाहकार खोप गुरुङ लाई खबर गर्नु भयो खबर गरेपछि खोप गुरुङले उक्त समस्या बुझि तुरुन्तै सेन्टर ब्लड बैंक कुवेत सँग समन्वय गरि माग भए बमोजिमको रगत उपलब्ध गराइएको थियो। उपलब्ध रगत पस्चात उहाँको(Amri Hospitls )मा शल्यक्रिया सफल भएको समाजसेवी खोप गुरुङ र अध्यक्ष तामांङले जानकारी दिनु भएको छ।

वास्तवमा ‘रक्त दान जीवन दान’ नै हो,यो भन्दा पहिले पनि समाजको पहलमा (16) जान भन्दा बढी लाई ब्लड उपलब्ध गराइ सकेको खोप गुरुङले जानकारी दिएको छ। सम्पूर्ण रक्तदाताहरु सँग उन्को रगतको नाता गासिएको छ भलै चिनजान नै किन नहोस् ।अन्तम सम्पूर्ण स्वयंसेवी रक्तदाताहरु तमू समाज कुबेतपरिवार र ब्लड उपलब्ध गराउन हुने समाजका सल्ल्हाकार खोप गुरुङ र नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाअध्यक्ष सुन ब.तामांङ लाई मुना कार्कीको शल्यक्रिया सफल भएपछी बिशेष धन्यवाद ज्ञापन गर्नु भएको छ।

सम्पूर्ण स्वंयसेवी रक्त दाताहरुलाई हार्दिकताका साथ धन्यवाद दिन चाहन्छौ जस्ले हाम्रो अभियानमा साथ दिदै आफ्नो अमुल्य रक्तदान गर्नु भएको थियो। प्रबासमा तपाईं हामीले गरेको ‘रक्त दान’ आवश्यक पर्दा तपाइ हामीलाई नै उपयोगी बनेर जीवन रक्षा गर्न सहयोग गरिरहेको जानकारी पनि गराउन चाहन्छौ। मरभुमिको यो प्रबासमा बिसेष गरी कुनै पनि नेपालीहरुले रगतको अभावमा मृत्‍यु वरण गर्न नपरोस भन्ने हाम्रो चाहना एवं प्रयास हो । तमू समाज सल्ल्हाकार खोप गुरुङ बताउछन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments