7.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठतमू समाज कुवै...

तमू समाज कुवैतद्वारा तमू फ़ो ल्होसार भव्यताको साथ सम्पन्न

आर डि क्रीएशन/ ३० डिसेम्बर, कुवेत। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए सस्क्रिती हराउछ, सस्क्रिती हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा आफ्नो कर्मथलो बनाउँदै आएका तमूहरु समुदायको सकृय साझा संस्था तमु समाज कुवेतले आफ्नो महान एवं मौलिक, साँस्कृतिक पर्व तमू ल्होसार (‘खि ल्हाे’ कुकुर बर्गको बिदाई गरी ‘फो ल्हो’ मृग बर्गको स्वागत गर्दै) कुबेत स्थित ईन्डियन पब्लिक स्कुलको हलमा हिजो शुक्रबार, २८ डिसेम्बर २०१८ भव्य रुपमा सम्पन्न गरेको छ ।

तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्ने, भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र तमु एकताको बातावरण सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको तमु समाज कुबेतले स्थापना काल देखी नै तमू ल्होसार लाई निरन्तरता दिएको छ।

समाजको उपाध्यक्ष यम तमु र सदस्य सुसिल तमु र रन्जना तमुस्योले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष राजु तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदूत यज्ञबहादुर हमाल प्रमुख रहेका थिए भने बिशिष्ट अतिथिहरुमा राजदूत यज्ञबहादुर हमाल को धर्म पत्नी प्रथम महिला रिता हमाल, राजदुतावास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेन रहेको थियो, त्यस्तै गरी कुबेत क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

कार्यक्रमलाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए भने नेपाली राष्ट्रिय गीत र तमु राष्ट्रिय गित (तमु ह्युल्सा) द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो । कार्यक्रममा समाजका महासचिव सुरेश गुरुङ्ले स्वागत मन्तव्य द्वारा उपस्थित अतिथिगणलाई स्वागत गरेका थिए भने समाजका सस्थपक अध्यक्ष बरिष्ट सल्लाहकार अमर तमु,र सल्लाहकार खोप गुरुङले ल्होसार बारे प्रष्ट पारेका थिए।

कार्यक्रमा आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्किनु लग्नु भएका नेपाली राजदुतावासका महमयिम राजदूत यज्ञबहादुर हमाल र प्रथम सचिब भोगेन्द्र लिङदेनलाई तमुहरुको परम्परा अनुसार फेटा (क्रेगी)र भाग्रा लगाइे फूलको गुच्छाले सम्मान पूर्वक समाज ले बिदाइ गरेका थिए । राजदुत हमालले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए, यसैगरी गैर आवसीय नेपाली संघ कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष सुरेश ग्यबा तामाङ, किरात राई यायोक्खा,शखा कुबेतका अध्यक्ष मन्जित राई,नेपाली प्रवासी टयाक्सी ब्यवासायी संग कुबेतका अध्यक्ष सुन बहादुर तामाङ, महिला प्रतिनिधि एवं पत्रकार नैना कला राइ, खोटाङ कुबेत संपर्क मञ्चका प्रेम कटवाल, नेपाल पत्रकार महासँघ, कुवेतका सद्स्य पत्रकार राज मल्ल ठकुरी, लगयत ले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

‘फो ल्हो’ ल्होसार कार्यक्रमा समाजका समाजका सस्थपक अध्यक्ष बरिष्ट सल्लाहकार अमर तमु र सल्लाहकार वीर माया तमुस्यो,नेपाल बाट पाल्नु भएका पूर्व अध्यक्ष खोप गुरुङ को मामातामयी आमा र सासुआमाहरु द्वारा ल्होकोरको पूजा पाठ गरी धार्मिक परम्परा अनुसार खि ल्हाे र फो ल्हो का तमु दाजुभाइ तथा दिदिबहिनीहरुलाई स्याई स्याई गरी रिपा (पैरु) लगाइ आशिर्वाद दिएका थिए । जेष्ठ नागरिक दुबै आमाहरुलाई समाज द्वारा फूलको गुच्छा, खदा एवं दोसल्ला ओढाई सम्मान गरे।

कार्यक्रममा तमु समाज कुबेतलाई यहाँ सम्म सफल बनाउन हर तरहले आफ्नो तर्फबाट आर्थिक, नैतिक र भौतिक बिशेष योगदान गर्नु हुने ५ सदस्यहरु ममता तमुस्यो, रिशा तमुस्यो, दिल राज तमु, मिन बादुर तमु र किरण तमु लाई मायाको चिनो, क्रमु र क्रेगी द्वारा सम्मान गरिएको थियो भने कार्यक्रममा तमु पोशाकमा सजिएर आउनुहुने एक तमु, एक तमुस्यो र एक गैर तमुश्योलाई पनि उक्रिष्ठ तमु पोशाकमा पुरस्क्रित गरिएको थियो जसमध्ये रुप तमु, स्‍मृति तमुश्यो र अनिता राइ सम्मनित भएका थिए ।

आगन्तुकहरुको बक्लो उपस्थितिले खचाखच भरिएको कार्यक्रम हलमा तमु कलाकारहरु सन्तोष (डेनी) तमु, रुप तमू, शोभा तमूस्यो, बेद प्रसाद तमु, अमृत तमु, कुमारी तमुस्यो, माया तमुस्यो, सुसिल तमु, सरस्वती तमुस्यो, जेलियाना तमुस्यो, प्रकिती तमुस्यो, स्मृति तमुस्यो, कमडी बुद्ध बहादुर तमूको झ्याउरे नृत्य, सालैजो, कौडा, सोरठी एवं हास्य नृत्यहरुको बेजोड प्रस्तुतीले कार्यक्रम साच्चै नै ल्होसारमय बनेको थियो, गायक सन्तोष (डेनी) तमुको दमदार गायन साथै नयाँ तमु कलाकारहरुको नौलो प्रस्तुतीहरुले कार्यक्रमलाई झनै रोमान्चक बनाएको थियो । हास्य कलाकार बुद्ध तमुको बेहुला बनाउछु भन्थौ, बहुला बनाएर गयौ भन्ने जीवन्त अभिनयले ढर्शकहरुलाई पेट मिची मिची हास्न वाध्य बनाएको थियो ।

कार्यक्रममा तमु समाज कुवेतका ‘आमा समुह’ द्वारा तयार पारीएको मिठो मिठो पारीकारहरुले सम्पूर्ण आगन्तुकहरुलाई भरपुर जलपान तथा भोजन गराइएको थियो भने अन्तम कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु तमुले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगीहातहरु, नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। अन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ७ बजे सम्पन्न भएको थियो ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments