Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठताप्लेजुङ दोभान बजारमा भीषण आगोलागी ४७ घर जलेर नष्ट, ७९ घर विस्थापित

ताप्लेजुङ दोभान बजारमा भीषण आगोलागी ४७ घर जलेर नष्ट, ७९ घर विस्थापित

दोभान (ताप्लेजुङ) : ताप्लेजुङको मेरिङ्द्न गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार बिहानदेखि भएको आगलागीमा ४७ घर जलेका छन्। त्यहाँ बस्ने ७९ परिवार विस्थापित भएका मेरिङ्देन गाउँपालिकामा अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिए।

फुङलिङ नगरपालिकाको दमकल र एक्साभेटरको प्रयोग गरेर आगो थप फैलनबाट भने रोकिएको उनले बताए। ‘४७ घर जलेको र त्यहाँ पसल व्यावसाय गरेर बस्ने ७९ परिवार विस्थापित भएको प्रारम्भिक अनुमान गरेका छौं’, लिम्बुले अन्नपूर्णसँग भने, ‘एक्साभेटरले केही घर भत्काएपछि बाँकी बजार जोगाउन सफल भयौं।’ आगो पूर्ण नियन्त्रणमा भने आइसकेको छैन। क्षति भएको घर र परिवार संख्या थपघट हुन सक्ने उनको भनाइ छ।

अध्यक्ष लिम्बुको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले पीडितहरुलाई तत्काल कसरी व्यवस्थापन गर्ने भन्ने विषयामा छलफल गरिरहेको छ। ‘पीडितले बिहानदेखि खाना खाएका छैनन्, उनीहरुलाई खानाको र बासको लागि निर्णय गर्छौं’, बजार रहेको वडाका वडाध्यक्ष गणेश भण्डारीले भने।

बिहान ९:१५ बजेतिर आगलागी सुरु भएको हो। भोला पौडेलको घरबाट सल्किएको स्थानीय गोपाल खवासको भनाइ छ। स्थानीय व्यावसायी गंगाराम गुरागाईंका अनुसार तुरुन्त आगो फैलिएकाले स्थानीयले घरभित्रका सामान निकाल्न भ्याएनन्।

‘एक्कासी आगो फैलियो मालसामान, कागजात केही निकाल्न पाइएन’, गुरागाईंले भने, ‘भागेर ज्यान चाहीं जोगायौं।’ बजारका करिब ५० घर जोगिए पनि अहिले आगो नजिकको खाम्लुङ भीरतर्फ सल्किएको छ। त्यसले साक्फारा बस्तीमा जोखिम हुन सक्ने वडाध्यक्ष भण्डारी बताउँछन्।

आगो निभाउन नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित स्थानीय खटिएको ताप्लेजुङका प्रहरी प्रमुख बालनरसिंह राणाले बताए। दोभान जिल्लाको साविक क्षेत्र नं २ का सबै गाउँ जोड्ने व्यापारिक केन्द्र हो। तमोर र मैवा नदीको किनारमा रहेको छ। वर्षेनी दुईतिरबाट नदीको कटानको मारमा पर्दै आएका दोभानका स्थाानीय आगलागीको चपेटामा समेत परेका छन्। अन्नपूर्ण पोस्टबाट

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments