Friday, January 16, 2026
spot_img
Homeगृहपृष्ठतीन किराँती संस्थाहरुको संयुक्त आयोजनामा कुवेतमा उधौली मनाउने

तीन किराँती संस्थाहरुको संयुक्त आयोजनामा कुवेतमा उधौली मनाउने

आर डि क्रीएशन (राम्रो दृस्टी)/२६ नोभेम्बर, कुवेत। हरेक बर्ष झैँ यसपाली पनि कुवेतमा सक्रीया रहेको तीन किराँती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले सयुंक्त आयोजनामा उधौलि पर्व मनाउने निर्णाय गरेको छ। गत शुक्रबार कुवेतको फर्वानिया स्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको तीन किरातिहरुको बैठकले उक्त निर्णाय गरेको हो। बैठकले अगामी डिसेम्बर २१ तारिक शुक्रबारका दिन कुवेतको ज्लिबस्थित पप्पिन्स हलमा उक्त कार्यक्रम मनाउने निर्णाय गरेको किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राइले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

“भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ विगत केही बर्षयता यी तीन किराँती संस्थाहरुले किराँती पर्वहरु संयुक्त रुपमा आयोजना गर्दै आइरहेका छन। विगतका कार्यक्रमहरुमा नेपालबाट आमान्त्रीत अतिथि कलाकारहरुको साथमा मनाउँदै आए पनि यसपालि समय अभावका कारण स्थानिय कलाकारहरुको साथमा कार्यक्रम मनाउने गरि तयारिमा जुटेको अध्यक्ष राइले जनाएका छन।

राइहरुले मान्ने उधौली येले दोङ ५०७८, लिम्बुहरुले मान्ने चासोक ताङ्नाम येले तम्बे ५०७८ र सुनुवारहरुले मान्ने स्याँदर पिदार येले थोछे ५०७८ संयुक्त कार्यक्रमको संयोजन सुनुवार सेवा समाज कुवेतले गरेको छ। अध्यक्ष राइले, उक्त आयोजित कार्यक्रममा कुवेतमा रहेका मिडियाहरु, संघ संस्थाहरु, बुद्धिजीवी एवं सम्पुर्ण कुवेतमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थितिको लागि अनुरोध गर्दै कार्यक्रम नजुधाइदिन समेत सबै संघ संस्थाहरुलाइ अनुरोध गरेका छन।

कार्यक्रम हुने
मिति:२१ डिसेम्बर २०१८
समय: बिहान ११ बजेदेखी
स्थान: पप्पिन्स हल जिलिब, कुवेत।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments