आर डि क्रीएशन/२३ डिसेम्बर, कुवेत। कुवेतमा तीन किराँती आंस्थाहरुको संयुक्त आयोजनामा उधौली, चासोक ताङ्नाम र स्यादार पिदार कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको निक्कै ब्यस्त शहर जिलिव स्थित पप्पिन्सहलमा नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्य तथा सुनुवार सेवा समाज कुवेतका अध्यक्ष लाल बहादुर सुनुवारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो।
एन आर एन ए कुवेतकी कार्यवाहक अध्यक्ष सिमित्रा देवि पौड्याल, कुवेत नेपाल डट्कमका प्रधान सम्पादक जय आले, नेफेसो कुवेतका अध्यक्ष प्रकाश चाम्लिङ, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, अन्नपूर्ण क्लाओड टेक्नोलोजी कम्पनिका चेयर पर्सन सुरज मास्के, जनता बैंक लिमिटेड नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्री, बुम रेमिटका धिरेन्द्र पन्त लगाएतले मन्तव्य राखेको कार्यक्रम रोषन राई र टिकाराम सुनुवारले सञ्चालन गरेका थिए। भव्य सम्पन्न उक्त कार्यक्रमलाई जनता बैंक लिमिटेड नेपालले प्रायोजन गरेको थियो भने कार्यक्रमको स्वागत मन्तव्य कबिता राइले गरेकी थिइन।
नेपालको इतिहासमा आदिवासी जनजाती र त्यसभित्र समेटिएका किरातिहरुको ईतिहास र किरातिहरुको भाषा, धर्म, संस्कार संस्कृति एवं विशेष गरि उधौली भनेको के हो? किराँती समुदायमा उधौलिको महत्त्व कस्तो रहन्छ भन्ने बिषयमा किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङले स्पस्ट पारेका थिए। सोही कार्यक्रममा चासोक ताङ्नामको बारेमा किरात याक्थुम चुम्लुङको तर्फबाट देवि चेम्जोङले स्पष्ट पारेकी थिइन।
नेपाली दूतावास कुवेतका प्रथम सचिवलाइ बिदाइ
नेपाली दूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्देनलाइ भव्य सम्पन्न उधौलि कार्यक्रममा बिदाइ गरिएको छ। नेपाली दूतावास कुवेतमा प्रथम सचिवको रुपमा रहेर कुवेतमा श्रम गरिरहेका नेपालिहरुको सेवामा अहोरात्र खटिरहेका लिङ्देनलाइ अफ्नो कार्यकाल सकेर नेपाल पर्किन लागेको बेला तीन किराँती संस्थाहरुको संयुक्त आयोजनमा भव्य सम्पन्न कार्यक्रममा बिदाइ गरिएको हो। कुवेतमा क्रीयाशिल दर्जनौँ विभिन्न संघ संस्था तथा विशेष ब्याक्तित्वहरुले लिङ्देनले कुवेतमा रहेर आफ्नो कार्यकाल पुरा गर्दा सम्म नेपाली समाज संग गरेको सहकार्य र नेपालिहरुको सेवामा गरेको योगदानको उच्च कद्दर गर्दै बिदाइ गरेका थिए।
अन्तमा सभापती सुनुवरले सुनुवार जातिको ईतिहास, भाषा धर्म,संस्कार संस्कृतिको बारेमा स्पष्ट पार्दै उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गरे। सुनुवार सेवा समाज कुवेत किन आवायक रह्यो कुवेतमा? सुनुवारहरुलाइ एकताको शुत्रभित्र बाँधेर नेपाल अधिराज्य भित्रका सबै सुनुवार जातिको भाषिक तथा संस्कार संस्कृतिमा एकता गराउन सुनुवार सेवा समाजले खेलेको भुमिकाको बारेमा थप प्रस्ट्याउँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।