17.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठतीन किराती संस्थाहरुद्वारा आयोजित "उभौली" कार्यक्रमको तयारी अन्तिम चरणमा

तीन किराती संस्थाहरुद्वारा आयोजित “उभौली” कार्यक्रमको तयारी अन्तिम चरणमा

- Advertisement -

आर डि क्रीएशन/ जुन १ कुवेत। कुवेतको नेपाली समाजमा निक्कै लामो समयदेखी समाजसेवा तथा मानविय कार्यमा निक्कै क्रीयाशिल तीन जातिय किराति संस्थाहरुद्वारा आयोजना गर्न लागिएको उभौली कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। किरात राई यायोक्खा कुवेत, किरात याक्थुङ चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतको संयुक्त आयोजकत्वमा तय भएको कार्यक्रम आगामी ७ तारिकका दिन कुवेतको फर्वानियास्थित युनिक आइडियल अडोटोरियम हलमा हुनेछ।

किराँती भाषा संस्कार र संकृतिलाइ किराँती समुदायभित्र सदैव जिवित राख्न र किराँती परम्परा बुझ्न र बुझाउने उदेश्यले विश्वभर जहाँ कहि पनि किराँती समाज वा बस्ती छ भने यस्ता किसिमको सांस्कृतिक चाडको आयोजना हुने गरेको पाइन्छ। किरातिहरु भुमिपुजक भएकोले उनिहरुले पहाड पर्वत, बन जंगल, खोला नाला र अफ्नो पुर्खाहरुलाइ पुज्ने गर्दछन। मौसम परिवर्तन अनुसार पशु पंक्षी तथा सजिव प्राणिहरु जाडोमा हिमाली भेगमा बस्न नसक्ने हुँदा मधेसतिर लाग्ने क्रमलाइ उधौली र गर्मी मौसम सुरु हुँदा मधेसतिर गर्मीले बस्न नसक्ने हुँदा पहाड हिमालतिर लाग्ने क्रमलाइ उभौली भन्ने गरेको पाइन्छ। उधौलिलाइ बाली नाली उकासेर थन्काउने समयमा पित्री अर्थात पुर्खा र भुमिलाइलाइ उब्जनी भएका अन्नबालिले हामी मानव जातिलाइ हानि नोक्सानी नगरोस भनेर पुजेर मात्र नयाँ अन्नलाई खान सुरु गर्ने साँस्कृतिक, धार्मिक प्रचलनलाइ उधौली भन्ने गरिन्छ भने बाली नाली लगाउने बेला तथा तराइतिर अत्याधिक गर्मी हुँदा पहाडतिर पशु पंक्षिहरु लाग्दै गर्दा कुनै पनि रोग ब्याधी, महामारी ती पशु पंक्षिहरु संग आओस भनि पुजा गर्ने परम्परालाई उभौली भन्ने गरिन्छ।

- Advertisement -

तीन ओटै भुमी पुजक किराँती संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा कुवेतवासी सबै दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थितिको लागि अनुरोध गर्दै आयोजक कमिटिले येले दोङ, येले तङ्बे, येले थोचे ५०७९ को सबैलाइ शुभकामना व्यक्त गरेका छन।

पुनश्च: कार्यक्रम हुने
मिति: ०७ जुन २०१९
समय: ११ बजे बिहान
स्थान: फर्वानिया ब्लक ३ युनिक आइडियल अडिटोरियम हल

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments