7.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठतीन वटा वैकल्...

तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

२६ पुस, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ ।
नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ ।
उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जान्छ ।

त्यस्तै, ठूला सवारीसाधन ज्यामिरे पेट्रोलपम्प हुँदै सीजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो पर्नजाने सीडीओ पोखरेलले बताए ।
त्यस्तै, भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्व नवलपरासीका डीएसपी जेशी शाहले अहिले सडक आंशिक रूपमा चलिरहेको जानकारी दिए । उनका अनुसार चिनियाँ इन्जिनियरको टोली पुलमा पुगेर अहिले अध्ययन गरिरहेको छ ।

‘चाइनिज कम्पनीका इन्जिनियरहरू आएर मर्मतको कामका लागि अध्ययन गरिरहनुभएको छ,’ उनले भने, ‘अँध्यारो भएकाले काम गर्न केही असहज भएको छ ।’

शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासमा पुल भाँचिदा यातायात नै अवरुद्ध भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments