Friday, January 16, 2026
spot_img
HomeEnglish Newsथारु पहिरनमा मक्ख आरजु (तस्बिरहरू)

थारु पहिरनमा मक्ख आरजु (तस्बिरहरू)

परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा अहिले कैलाली जिल्ला भ्रमणमा छिन्। नेपाली कांग्रेसका कार्यक्रमका लागि आरजु केही दिनअघि कैलाली पुगेकी हुन्।

यस क्रममा परराष्ट्र मन्त्री आरजु थारु पहिरनमा देखिएकी छन्। कांग्रेसको थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा कैलारी गाउँपालिकाको हसुलियामा आयोजित प्रथम कैलाली जिल्ला भेलामा पुग्दा उनी थारु महिला पहिरनमा देखिएकी हुन्।

जहाँ उनी प्रमुख अतिथिका रूपमा डाँकिएकी छन्।

आरजु २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लडेकी थिइन्। त्यसअघि २०७० को संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट उनका पति शेरबहादुर देउवा निर्वाचित भएका थिए।

त्यहाँ आरजु भने पराजित भइन्। त्यसयता सोही क्षेत्रलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन कोसिस गरिरहेकी छन्। २०७९ को प्रतिनिधिसभामा भने उनी समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छन्।

केही समयअघि मात्रै कैलाली–५ मा फेरि आफूले चुनाव लड्न चाहेको बताएकी थिइन्। त्यसयता फेरि उनको कैलाली आउजाउ बढेको छ।

तस्बिर सौजन्यः श्रवण देउवा/धनगढी

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments