Friday, January 16, 2026
spot_img
HomeEnglish Newsथारु समुदायको आर्थिकस्तर वृद्धि अपरिहार्य: देउवा

थारु समुदायको आर्थिकस्तर वृद्धि अपरिहार्य: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु समुदायको आर्थिक स्तर वृद्धि अपरिहार्य रहेको बताएका छन्।

कमैया प्रथा उन्मुलन पश्चात् थारु समुदायमा ठूलो परिवर्तन आएको भएपनि आर्थिक रुपमा सबल बन्न भने अझै नसकेको देउवाको भनाइ छ।

दाङको दङ्गिशरण गाउँपालिका स्थित चखौरामा आयोजित अन्तर प्रदेश स्तरीय थारु सांस्कृतिक सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भने ‘कमैया प्रथाको उन्मुलन मेरो नेतृत्वको सरकारले गर्‍यो, कमैया प्रथाको उन्मुलन पश्चात् थारु समुदायमा ठूलो परिवर्तन भयो, हक अधिकार प्राप्त भयो, तर आर्थिक रुपमा यो समुदाय जति सक्षम हुनु पर्ने हो, त्यति अहिले सम्म पनि हुन सकेको छैन, अब थारु समुदायलाई आर्थिक समृद्धिसँग जोड्न जरुरी छ।’

सभापति देउवाले थारु समुदायको कला संस्कृतिलाई व्यवसायीकरण गरेर आय आर्जन गर्न सकिने बताए। थारुहरूको कला संस्कृति तथा खानाका परिकारको व्यवसायीकरण गर्न सके थारु समुदायले आम्दानी गर्न सक्ने र यसका लागि सरकारको सहयोग रहनु पर्ने बताए।

‘लोकल मदिराको ब्राण्डिङ गरेर बिक्री गर्न सके थारु समुदायले यसको फाइदा लिन सक्छन्, यसका लागि कानुनी जटिलता केही रहेछन् भने यसको सहजताका लागि म सरकारलाई भन्छु’, देउवाले भने ‘यसैगरी अन्य परिकार, थारु नृत्यलाई व्यवसायीकरण गरिनु पर्छ।’

लोकल मदिरालाई ब्राण्डिङ गरेर बिक्री गर्ने वातावरण बने विदेशी मदिराको आयात घट्ने र यसले नेपालको आर्थिक स्तर समेत बढ्ने देउवाले बताए। ‘रक्सी खानु हुँदैन, स्वास्थ्यलाई असर गर्छ’, देउवाले भने ‘यसको बिक्री गरेर लाभ लिन सकिन्छ भने त्यसका लागि वातावरण मिलाउन म सरकार सँग पहल गर्छु।’

यसैगरी देउवाले सङ्घीय सरकार सहित तिनै तहका सरकार थारु समुदायको हकहितका लागि गम्भीर भएर लाग्नु पर्ने बताए।

प्रकाशित: २६ माघ २०८१ १८:२१ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments