20.1 C
Kathmandu
Wednesday, May 29, 2024
spot_img
Homeगृहपृष्ठदर्शन ठकुरी समाज कुवेतद्वारा मृगौला पिडित हेमन्त सिंहलाई आर्थिक सहयोग

दर्शन ठकुरी समाज कुवेतद्वारा मृगौला पिडित हेमन्त सिंहलाई आर्थिक सहयोग

आर डि क्रीएशन/ १ जुलाइ, कुवेत। दर्शन ठकुरी समाज कुवेतले कोहलपुर बाँकेका मृगौला पिडित हेमन्त सिंहलाई आर्थिक सहयोग गरेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगर निवासी पिडित ठकुरीलाई दर्शन ठकुरी समाज कुवेतले रु २२ हजार आर्थिक सहयोग गरेका छन।

आर्थिक अवस्था नाजुक भएकोले अस्पतालमा उपचारका लागि जान नसकेर गत फाल्गुन महिनादेखि हेमन्त ओछ्यानमै थला परेको विभिन्न अनलाईन मिडिया मार्फत जानकारी आए पछी उपचारको लागी आर्थिक सहयोग गरेको समाजका अध्यक्ष एल बि हमालले जानकारी दिएका छन् ।

उक्त सहयोग रकम सँस्थाकी सदस्य कविता शाहीले उपचार गराई राखेको अस्पतालमा नै गत आइतबार पिडित सिंहलाई हस्तान्तरण गरेकि छिन।

श्रोतका अनुसार २८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन। आर्थिक रुपमा मत्र नभई शारीरिक रुपमा पनि उनको अवस्थ जिर्ण रहेको छ। उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न।

कुवेतमा कृयाशिल सँस्था दर्शन ठकुरी समाज कुवेतले स्थापनाकाल देखीनै दु:ख मा परेका नेपालीलाई सक्दो सहयोग गर्दै आउनुका साथै सामाजिक कार्यहरुमा समेत निक्कै अग्रसर रहेको छ।

rdcreation
rdcreationhttp://www.rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। बिजय धामी आर डि क्रियशन अनलाइन डटकम को संचालक पनि हुन् ।
सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू