Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठदर्शन सांगीतिक धमाकाका लागि पल शाह र प्रदाप दास आउँदो बुधबार कुवेत...

दर्शन सांगीतिक धमाकाका लागि पल शाह र प्रदाप दास आउँदो बुधबार कुवेत आइपुग्ने।

आर डि क्रीएशन/ २ जुन, कुवेत। दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको “दर्शन सांगीतिक धमाका २०१९” को सम्पूर्ण तयारी पुरा भईसकेको छ। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको सम्पूर्ण तयारी भईसकेको आयोजक कमिटिले आर डि क्रीएशनलाइ जानकारी गराएका छन। दर्शन सांगीतिक धमाका २०१९ का लागि अतिथि कलाकार द्वय नेपालका अत्यन्तै ब्यस्त नायक पल शाह र नेपाल आइडल सिजन वानका दोस्रो प्रतिस्पर्धी प्रताप दास आगामि बुधबार दिउँसो ठिक ३ :३५ बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताएका छन।

कुवेतमा हरेक हप्ता जस्तै विभिन्न संघ संस्थाहरुद्वारा आयोजना हुने कार्यक्रममा नेपालबाट कसले हिट कलाकारलाई ल्याउने हो भन्ने झन्डै एउटा प्रतिस्पर्धाकै रुपमा देखिन थालेको छ। यसै क्रममा दर्शन ठकुरी समाजले आगामी जुन ७ तारिक आफ्नो पाँचौं वार्षिकोत्सव कार्यक्रमका लागि निमन्त्रणा गरेको अतिथी कलाकार द्वयलाइ स्वागत गर्न बुधबार दिउँसो ३:३० मा कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिको लागि कुवेतका सबै सक्रीया संस्थाका अध्यक्ष ज्युहरु, मिडियाकर्मी एवं कुवेतवासी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनिहरुलाइ आग्राह गरेका छन।

कार्यक्रम भब्यरुपमा हुने भयकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी समेत समाजका अध्यक्ष एल बि हमालले अनुरोध गरेका छन् ।
कार्यक्रम हुने;

स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : ७ जुन २०१९ शुक्रबार
समय : १२ बजे
कार्यक्रम बारे थप जानकारीका लागि सम्पर्क गर्नुहोस – 66644509, 60067572, 69925693

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments