Friday, January 16, 2026
spot_img
HomeEnglish Newsदलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका...

दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार


दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि त्यहाँको सेनाको कब्जामा रहेका दुई जना नेपालीहरूको उद्धार गरिएको खबर सुनाउन पाउँदा खुशी लागेको छ। नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेरहथूमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा हुनुहुन्थ्यो ।

उहाँहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएको छ। गैरआवासीय नेपाली संघको सहयोगमा उहाँहरू टर्किस एयरलाइन्सको फलाइट नं. TK274 मार्फत माल्दोवाबाट उडेर शुक्रवार दिउँसो काठमाडौँ आउँदै हुनुहुन्छ।

उहाँहरूको उद्धारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायत, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्दछु।

यस्तै, उहाँहरूको उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र सचिवालयका कर्मचारी प्रति आभार व्यक्त गर्दछु।

धन्यवाद,

डा. बद्री केसी

अध्यक्ष, गैरआवासीय नेपाली संघ


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments