25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठदुइ तिहाइ बाम सरकार बनेपछी झन उत्पिडनमा परे आदिवासी जनजातीहरु: अमृत लोप्चन

दुइ तिहाइ बाम सरकार बनेपछी झन उत्पिडनमा परे आदिवासी जनजातीहरु: अमृत लोप्चन

आर डि क्रीएशन अनलाइन डटकम/ १६ नोभेम्बर, कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतका महासचिव अमृत लोप्चन तामाङले दुई तिहाइ बाम सरकार बनेपछी आदिवासिहरु झन उत्पिडनमा परेको बताएका छन। आगामी ३० नोभेम्बर महासंघको तेस्रो अधिवेशन सम्बन्धमा एक अन्तरवार्तामा बोल्दै उनले केपि शर्मा ओलिको नेतृत्वमा दुई तिहाइ बाम सरकार बनेपछि आदिवासिहरु थप उत्पिडनमा परेको बताएको हो। बाम सरकार बन्नु पहिले आदिवासीहरुले पाउँदै गरेको आदिवासीहरुको राष्ट्रिय पर्वको सार्वजनिक बिदा समेत कटौती गरेपछी आदिवासिहरु झन उत्पिडनमा परेको बताउँदै नेपालमा मात्रै होइन महासघंको जतिपनी साखा उपसाखाहरु छन झन जागरुक र सक्रीय भएर सरकारलाइ दवाव दिंदै राष्ट्रिय पर्वको सार्वजनिक बिदा कायम गराउँदै आदिवासी मुक्तिका लागि लाग्नुपर्ने बताएका छन। आदिवासी जनजाती महासंघ कुवेतले आगामी ३० नोभेम्बरका दिन कुवेतको फर्वानिया स्थित आइडियल अडिटोरियम हलमा महासंघको तेस्रो अधिवेशन तय गरेको छ।

- Advertisement -

महासचिव लोप्चनका अनुसार हिजो महासंघले जे जति गर्‍यो त्यो महासंघको इतिहासमा दर्ज हुनेछ। तर आब बन्ने नया कार्यसमितिले हिजो भन्दा सयौँ गुणा सक्रीय भएर लाग्नुपर्नेमा जोड दिएका छन। इतिहासलाइ मुटुमा राखेर त्यसको पिडाको महसुस गर्दै राज्यसंग नलडे आदिवासीहरुले उत्पिडनको प्रत्याभूत गर्न नसक्ने बताउँदै उनले अब हिजोको जस्तो कछुवाको गतिको आदिवासी आन्दोलनको औचित्य नरहेको टिप्पणी गरेका छन। महासंघ कुवेतले समेत त्यसको कर्तव्य बोध गर्दै अब बन्ने नयाँ कार्य समिती चुस्त दुरुस्त र नयाँ ढङ्गबाट अगाडी बढ्ने बताएका छन। उनले कार्यक्रमको तयारी पूरा भएको जानकारी गराउँदै कुवेतमा कार्यरत सबै आदिवासीहरुलाइ गोलवद्ध भएर एकताको शुत्रभित्र रहेर सक्रीएयता पुर्वक काम गर्न आव्हान गरेका छन। कार्यक्रमलाइ सभ्य र भब्य बनाउन महासंघ कुवेतमा आवद्ध रहेका सबै जातिय संगठनहरुलाइ समेत महासंघले पत्रमार्फत जानकारी गराए अनुसार आ आफ्नो झाँकी प्रस्तुती, जातिय भेषभुषामा उपस्थित हुन आग्राह गरेका छन। साथै उनले कुवेतमा क्रीयाशिल सबै संघ संस्था, मिडिया, भद्र भलाद्मी, एवं सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थितिको लागि अनुरोध गरेका छन।

कार्यक्रम हुने
मिति: ३० नोभेम्बर, शुक्रबार
समय: बिहान ठिक ११ बजे
स्थान: आइडियल अडिटोरियम हल फर्वानिया

https://youtu.be/OK-OAp9_Fgc

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments