10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठदुबै मृगौला पीडित बाँकेका हेमन्त सिंह ठकुरीको उपचारमा समस्या, सहयोगका लागि अपिल...

दुबै मृगौला पीडित बाँकेका हेमन्त सिंह ठकुरीको उपचारमा समस्या, सहयोगका लागि अपिल !

ज्ञानु संगम खड्का
बाँके, १ असार : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त सिंह ठकुरीको दुबै मृगौला फेल भएपछी उनलाई उपचार खर्चको अभाव भएको छ। फाल्गुन महिनादेखि ओछ्यानमै थला परेका हेमन्तको घरको आर्थिक अवस्था निकै दयनिय भएपछि उपचार गराउन नसकेर ओछ्यानमै थलिनुपरेको छ।

२८ वर्षीया हेमन्त हिडडुल मात्र नभएर उठेर बस्न पनि नसक्ने अवस्थामा पुगिसकेका छन । उनको शरीरमा अहिले हाड र छाला बाहेक अरु केही छैन। गत मंसिर ७ गते भेरी अञ्चल अस्पताल नेपालगन्जबाट दुईवटै मृगौला फेल भएको थाहा भएपछि उनलाई उपचारको लागि काठमाडौ र भारतको लखनउसम्म लगिएको थियो।

- Al Muzaini Exchange Kuwait-

उनलाई हेर्दा लाग्छ उनी मृत्युलाई पर्खिरहेका छन । उनको दयनीय अवस्था भएकाले सबैमा उनले सहयोगको अपिल गरेका छन । दुबै मृगौला पिडित हेमन्तले +२ सम्मको अध्ययन गरेका छन । उनको स्याहारसुसार अहिले उनकी दिदी सुमित्रा सिंह ठकुरीले गर्दै आएकि छिन। सुमित्रा भाडामा बस्छिन। एउटा सटरमा सानोतिनो सिलाईकटाई गर्छिन। त्यही पसलबाट कमाएको केही पैसाले आफू र भाइ हेमन्तलाई खर्च गर्ने गरेको बताउँछिन। भाइको त्यस्तो दयनीय अबस्था देख्दा सुमित्रा भक्कानिदै भनिन् मेरो भाईलाई बचाइदिनुस ।

सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कार्तिक महिनामा पोखरा गएका थिए। पोखरा गएको १७ दिन हुन नपाउँदै हेमन्तको घाँटी लगायत शरिरमा घाउ देखा पर्न थाल्यो। त्यसपछि हेमन्तले पोखरामा काम गर्न सकेनन । उनी कोहलपुर फर्किए। फर्किएपछि उनलाई भेरी अञ्चल अस्पताल नेपालगन्जमा डाइगोनोसिस गराइयो। डाइगोसिसपछि पत्ता लाग्यो हेमन्तको दुबै मृगौला फेल भएछन।

परिवारमा निराशा छायो !

हेमन्त पहिले जस्तो बोल्न सक्दैनन। उनको परिवारमा अहिले आमा, बुवा र उनकी श्रीमती छ्न। श्रीमती लगायत आमा बुवा सल्यानमा रहेको हेमन्त बताउँछन। हेमन्तले बिहे गरेको डेढ वर्ष भयो। उनलाई बचाउन गाउँलेले पहल समेत गरेका थिए।

हेमन्तको बुवाले एउटा मृगौला दिए उनी बाँच्न सक्ने बताइएको थियो। हेमन्त रुँदै भन्छन्, “बुवाले म मृगौला कुनै हालतमा दिन्न भन्नुभयो। त्यसपछी बाँच्ने आश हरायो। अहिले उपचार अनि मृगौला फेर्न आफुसंग पैँसा छैन। उपचार गर्नको लागि डाक्टरले १५/२० लाखसम्म लाग्छ भनेको हेमन्तको भनाई छ। आफूसंग हजार छैन कसरी यत्रो पैसा ल्याउनु उनले भावुकहुदै भने, – ‘अब मृत्यु कुर्न बाहेक केही उपाय छैन ।’ सबैले सहयोग गर्दिए आफू पहिलेकै अवस्थामा फर्किन सक्ने उनी बताउँछन ।

- BARAHA GOLD CUP 2081 -

उनले सबैलाई आर्थिक सहयोग गरिदिन समेत अनुरोध गरेका छन। उनकी दिदी सुमित्राले पनि आफ्नो भाइलाई बचाईदिन आग्रह गरेकी छिन। सुमित्रा रुँदै भन्छिन,“सबैले सहयोग गरिदिनु भयो भने मेरो भाइ बाँच्ने थियो।

अभियानकर्ता पत्रकार खगेन्द्र दाहालको गोल्लोबल आई एम ई बैकं नेपालगन्जको खाता नम्बर ६२०७०१०००२२७५ मा पनि पठाउन सकिने बताइएको छ।

सहयोगका लागि सम्पर्क :

सुमित्रा सिंह ठकुरी : +९७७-९८६६९७६०९३

खगेन्द्र दाहाल : +९७७-९८५८०३२१८२

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Kuwait डाउन सिन्ड्रोम को साथ व्यक्तिहरु लाई प्रतिबद्धता प्रदान गर्दछ

डाउन सिन्ड्रोमका व्यक्तिहरूको विशेष हेरचाह न्यायमा कुवीतको दृढ विश्वासको नियम होः मंत्री कुवेति: सामाजिक मामिला र...

अमेरिकी क्यानाडा सीमा: क्यानाडाले अमेरिकाको सिमानाका लागि पहुँच अवरुद्ध गर्दछ, CBP ले आउँदैछ

अमेरिका-क्यानाडा सीमा ढुंगाशित, क्युबेक पुस्तकालय मार्फत दौडिन्छ। क्यानाडाली अधिकारीहरूले गुनासो गरेका छन् कि अमेरिकी सरकारले क्यानाडालीहरूलाई Shanstststaint गर्न गाह्रो भइरहेको छ,...

Conor mcgrager, Irishan आँखा राजनीति लडाई

Dublin: आयरिश मिश्रित मार्शल आर्ट सेना लडाकू कर्ड कर्वर म्याकरग्रीगोरले अमेरिकी महामारी डोनाल्ड ट्रम्पले बृद्धि गरेको इन्चार्ज गरेको अपील गरे। तर उच्च कार्यालयमा...

Kuwait डाउन सिन्ड्रोम को साथ व्यक्तिहरु लाई प्रतिबद्धता प्रदान गर्दछ

डाउन सिन्ड्रोमका व्यक्तिहरूको विशेष हेरचाह न्यायमा कुवीतको दृढ विश्वासको नियम होः मंत्री कुवेति: सामाजिक मामिला र...

अमेरिकी क्यानाडा सीमा: क्यानाडाले अमेरिकाको सिमानाका लागि पहुँच अवरुद्ध गर्दछ, CBP ले आउँदैछ

अमेरिका-क्यानाडा सीमा ढुंगाशित, क्युबेक पुस्तकालय मार्फत दौडिन्छ। क्यानाडाली अधिकारीहरूले गुनासो गरेका छन् कि अमेरिकी सरकारले क्यानाडालीहरूलाई Shanstststaint गर्न गाह्रो भइरहेको छ,...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू