Skip to main content

Rd Creation

दुर्घटनामा निधन भएका नुवाकोटका सन्तबहादुर तामाङ परिवारलाई घेदुङद्वारा १ लाख ८ हजार आर्थिक सहयोग

दिलकुमार पाख्रीन/ २१ फेब्रुअरी, कुवेत। सवारी दुर्घटनामा परि कुवेतमा ज्यान गुमाएका साविकको मदनपुर-९ नुवाकोटका सन्तबहादुर तामाङ परिवारलाइ नेपाल तामाङ घेदुङ र नेपाल तामाङ घेदुङ बिपत्ती कोषबाट जम्मा १ लाख ८ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरिएको छ। उक्त रकम हिजो संघिय कार्यलयमा नेपाल तामाङ घेदुङ संघका संघिय अध्यक्ष मोहन गोलेले मृतककि श्रीमती र उनका छोरालाइ हस्तान्तरण गरेका हुन। मृतक लगभग ११ बर्षदेखी एसिको (ACICO) सिमेन्ट कम्पनिमा कार्यरत थिए। सन्तबहादुर तामाङ गत २२ डिसेम्बरका दिन आफैले चलाइरहेको सावारी दुर्घटनामा परि उपचारको क्रममा कुवेतको अदान हस्पिटलमा निधन भएको थियो।

Advertisements

सहयोग रकम नेपाल तामाङ घेदुङ कुवेतका सदस्यहरुद्वारा संघीय सदस्य तथा सल्लाहकार राम लामाको पहलमा, राम बहादुर लामा ११ केडी, राकेश तामाङ ५ केडी, विकल्प वाइबा ५ केडी, मेरिना लामा ३ केडी, हितमाया थोकर ३ केडी, टीकाराम घिसिङ ३ केडी, कृष्णबहादुर तामाङ ३ केडी, लक्ष्मी तामाङ रामेछाप २.२५० केडी, राजु गोले २ केडी, प्रेम तितुङ तामाङ २ केडी, गरि संकलित ३९.२५० केडी र २८५५ औँ फाग/ ड्वा राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा संस्थाका सहकोषाध्यक्ष पासाङ थोकरको पहलमा संकलित २४१,२५० गरि जम्मा २८०.५०० नेपाली रु १,०४७८४ (अक्षरुपी एक लाख चार हजार सात सय चौरासी मात्र) पठाइएको थियो। त्यसमा नेपाल तामाङ घेदुङ संघका बिपत्ति कोषबाट नेपाली रु. ३,७१५ गरि जम्मा रु. १,०८,५००/- हस्तान्तरण गरिएको छ।

मृतक सन्तबहादुर नेपाल तामाङ घेदुङ कुवेतका सदस्य तथा नेपाल तामाङ घेदुङ संघका आजिवन सदस्य थिए।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.