24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठधरानमा उनको स्वीटर साँझ हुँदै RD Creation

धरानमा उनको स्वीटर साँझ हुँदै RD Creation


पाँचथर– पाँचथरको विभिन्न ठाउँमा छायाकन गरिएको प्रतीक्षित चलचित्र उनको स्वीटरको प्रचारका लागि धरानमा ‘उनको स्वीटर साँझ‘ हुने भएको छ । फिल्मका गायक तथा सङ्गीतकार सुजन चापागाई सहित फिल्मको कलाकार टोलिले धरानमा प्रस्तुति दिन लागेका हुन् । बैशाख–१८ गते धरान रङ्गशालामा सांस्कृतिक साँझ हुन लागेको हो । पोखरामा सकेर धरानमा यो साँझ गर्न लागिएको जानकारी दिइएको छ ।

बैशाख–२६ गते चलचित्र रिलिज हुँदै छ । रिलिजको पूर्वसन्ध्यामा साँझ गरेर प्रचार गर्न खोजिएको हो ।

सुजन चापागाई एण्ड दि इन्फिनिटि ब्याडले पहिलो पल्ट धरानमा प्रस्तुति राख्दै छ । साझमा झुमा लिम्बु, सुनिता थेगिम लगायतका कलाकारको प्रस्तुति रहने चलचित्रका लाईन प्रोडुसर फुङसो जवेगु लिम्बुले जानकारी दिए ।

उनका अनुसार चलचित्रमा मुख्य कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विलसन विक्रम राईको पनि उपस्थिति रहने छ । साँझ सिल्भर इन्टरटेन्टमेन्टले आयोजना गर्दै छ ।

नविन चौहानले निर्देशन गरेको चलचित्र पाँचथरको नवमिडाँडा, साधुटार, लब्रेकुटि, सुकेपोखरी, फालेलुङमा छायाकन भएको थियो । हालै सार्वजनिक भएको काफ्ले भन्ने गीत अहिले निक्कै चर्चामा छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments