Home गृहपृष्ठ धरानमा कोशी बन्दको प्रभाव शान्तिपूर्ण प्रदर्शन, सुरक्षा व्यवस्था कडा

धरानमा कोशी बन्दको प्रभाव शान्तिपूर्ण प्रदर्शन, सुरक्षा व्यवस्था कडा

0
धरानमा कोशी बन्दको प्रभाव शान्तिपूर्ण प्रदर्शन, सुरक्षा व्यवस्था कडा

रमेश हतुवाली माघ २० – कोशी प्रदेशमा चलिरहेको केवलकार विवादका कारण आह्वान गरिएको बन्द धरानसहित विभिन्न ठाउँमा प्रभावकारी देखिएको छ। धरानको मुख्य चोक, वडा प्रहरी कार्यालय अगाडि प्रदर्शनकारीहरू सडकमै बसेका छन् भने चारैतिर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ।

बन्दका क्रममा कुनै अप्रिय घटना भएको छैन। प्रदर्शनकारीहरू शान्तिपूर्ण रूपमा आफ्ना मागहरू राखिरहेका छन्। धरानको मुख्य बजार क्षेत्र, शैक्षिक संस्थाहरू, र यातायात सेवा प्रभावित भएका छन्।

सुरक्षाकर्मीहरू प्रदर्शनलाई नियन्त्रणमा राख्न संवेदनशील स्थानहरूमा तैनाथ छन्। स्थानीय प्रशासनले आम नागरिकलाई संयम रहन आग्रह गरेको छ।

यसअघि, केवलकार निर्माणसम्बन्धी विवादका कारण कोशी प्रदेशभर आन्दोलन चर्किएको छ। आन्दोलनरत पक्षले प्रदेश सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न दबाब दिइरहेका छन्।