Home गृहपृष्ठ नयाँ सदस्यता दिँदै नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जन सम्पर्क समितिले हातेमालो गर्ने

नयाँ सदस्यता दिँदै नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जन सम्पर्क समितिले हातेमालो गर्ने

नयाँ सदस्यता दिँदै नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा जन सम्पर्क समितिले हातेमालो गर्ने

आर डि क्रीएशन/ ११ मे, कुवेत। नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरीएको छ।

पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

नेपाली कांग्रेसले संचालन गरिरेको अन्तर्राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहनु भएका नेपाली कांग्रेस (रास्ट्रीयता, समाजबाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धति)मा आस्था राख्नुहुने सम्पुर्ण नेपालीहरुलाई यस अभियानमा सहभागी भइदिनको लागि जनसम्पर्क समिति कुवेतले अनुरोध समेत गरेको छ।

साथै सो अभियान सँगसँगै नेपाली कांग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली कांग्रेससँग आस्थाबान नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई समितिले सदस्यता प्रदान समेत गर्ने बताएको छ।

कुवेतमा सम्पर्कका लागि :

कृष्णबहादुर तामाङ – ५१३३०५७७

राजेन्द्र बिरही – ६७७४९३६१
(Imo, Whatsapp, Viber)

कृष्ण पौडेल – ६६२१२३०९