Skip to main content

Rd Creation

नायक पल शाह र प्रताप दासद्वारा कुवेतमा तहल्का

आर डि क्रीएशन/ ८ जुन, कुवेत। हिजो शुक्रबार दर्शन ठकुरी समाज कुवेतको पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित “दर्शन सांगितिक धमाका-२०१९” नेपालका अत्यन्तै लोकप्रिय गायक प्रताप दास र दर्शकहरुले अत्यन्तै रुचाइएका नायक पल शाहले कुवेतको ज्लिबस्थित सेन्ट्राल स्कुलको हलमा आ आफ्नो प्रस्तुतिद्वारा तहल्का मच्चाएका छन। निक्कै बाक्लो दर्शकको उपस्थितिमा गायक प्रताप दासले आफ्नो गीतहरुले दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिलाएका थिए।

Advertisements

दर्शन ठकुरी समाज कुवेतको अध्यक्ष एल बि हमालको सभापतित्व एवं नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यतामा भव्य सम्पन्न धमाकामा एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रादेवी पौडेल, पत्रकार महासंघ, आदिवासी जनजाती महासंघ लगायत कुवेतम सक्रीया विभिन्न संघ संस्थाका अध्यक्ष/प्रतिनिधि तथा कुवेतमा श्रम गरिरहेका नेपालिहरुको बृहत् उपस्थिति देखिन्थ्यो।

कार्यक्रम दिउँसो एक बजेबाट सुरु भनिएता पनि विविध प्राविधिक कारणबस झन्डै साढे तीन बजे तिर सुरु भएको थियो। प्रमुख अतिथी महामहिम भन्डारिको उपस्थिति लगत्तै कार्यक्रमले औपचारिकता पाएको थियो। कार्यक्रम सञ्चालक भुवन सुवेदिले निक्कै हत्तारिलो पारामा औपचारिक कार्यक्रमलाई बिट मार्दै सांगीतिक कार्यक्रमतिर प्रवेश गराएका थिए। स्थानिय कलाकारहरुको प्रस्तुतिबाट सुरु गरिएको कार्यक्रममा प्रताप दासको पहिलो पटक मञ्चको आगमनमा दर्शकहरुले खासै उत्सुकता देखाएनन तर दोस्रोपटक स्टेजमा चढ्दा उनले आकर्षक प्रास्तुतिसंगै दर्शकहरुको मन जिते। नायक पल शाहले पनि दुई पटक स्टेजमा आफ्नो प्रस्तुती राखे। पल शाहको प्रस्तुतिमा पुरुष भन्दा महिलाहरुको बढी रौनक देखिन्थ्यो। छोटो आफ्नो प्रस्तुतिमा उनले कुवेतका आधा दर्जन आफ्ना महिला फ्यानहरुलाई स्टेजमै तानेर नचाए। त्यसो त स्टेजभन्दा बाहिर दर्जनौँ पल शाहसंग सेल्फी लिने र हुटिङ लगाउनेहरु देखिन्थ्यो।

कुवेतमा नेपालबाट कलाकार ल्याउने परम्परा निक्कै पुरानो हो। तर अहिले झन्डै प्रत्येक हप्ता जस्तै प्रतिस्पर्धात्मक रुपमा कलाकारहरु झिकाउनले नेपाली दर्शकहरुको उपस्थितिमा ह्रास आएको पाइन्छ। त्यसो त पछिल्ला समयमा भएको कार्यक्रमहरु चाहे मेलिना राई र रमेश राज भट्टराई होस चाहे राजेशपायल राई, चाहे अमित बराल र शान्ती परियार आउँदा होस दर्शकहरुको उपस्थितिमा निक्कै कमि पाइन्थ्यो। त्यसो त हिजो सम्पन्न कार्यक्रममा पनि त्यत्ती धेरैको संख्यामा दर्शकहरु देखिएन।

कार्यक्रमको अन्तमा सभापति हमालले अतिथि कलाकारहरुलाइ मायाको चिनोद्वारा दोसल्ला ओढाउँएर सम्मान गर्दै कार्यक्रम समापन भएको घोषणा गरे।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.