25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठनीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव RD Creation

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : उपेन्द्र यादव RD Creation


काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

- Advertisement -

उनले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरू औचित्य नरहेको जिकिर गरे । उनले नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भए पनि समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको बताए । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत भएको बताए ।

अध्यक्ष यादवले भने,‘नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट सुरु भएर राजा, महाराजाको पालादेखि सुरु भएर त्यसलाई कमरेडहरूले पनि धान्या हो । नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन । यसले के गर्नु, बुक बाँड्ने, टिका टिप्पणी बाहेक के हुनेवाला छ । औचित्य के छ । यो कुरा बजेटले केही सपोर्ट गर्ला, केही नगर्ला । कर्मकाण्डमै भए पनि सरकारले ल्याएको छ । सरकारले आफ्ना नीति राख्ने हो । नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएको छ । तर समष्टिगत रूपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ छ । नवउदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् ।’

- Advertisement -

अध्यक्ष यादवले समाजवाद उन्मुख भएको भए उपभोक्ता वर्ग, गरिब, किसान, मजदुर, सर्वहारा,मधेसी, आदिवासी जनजाति, अल्पसङ्ख्यक, दलित, महिला, विपन्न वर्गलाई केन्द्रमा राखेर नीति तय गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments