17.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठनुवाकोट धादिङ रसुवा सेवा समाजको दोस्रो अधिवेशन आगामी जुलाइ २२ मा

नुवाकोट धादिङ रसुवा सेवा समाजको दोस्रो अधिवेशन आगामी जुलाइ २२ मा

- Advertisement -

RD Creation/ २ जुन, कुवेत। आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतले आफ्नो दोस्रो अधिवेशन तथा चौथो वारहिकोत्सव यही जुलाई २२ तरिक २०२२ शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधनी होटेलमा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमको साथ गर्ने संस्थाका अध्यक्ष राकेश मनाङ्थेनले सञ्चार माध्यहरु मार्फत जानकारी दिएका छन।

- Advertisement -

रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट,धादिङ र रसुवाका दाजु भाई तथा दिदी बहिनी हरुलाई एकीकृत गर्दै समाजले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ। नुवाकोट धादिङ रसुवा समाज कुवेतले कुवेतका संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छन, भने विभिन्न खाले अप्ठ्यारामा परेकाहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।

उक्त हुने दोस्रो अधिवेशन तथा चौथो वार्षिकोत्सव कार्यक्रममा नुवाकोट धादिङ रसुवाबाट रोजगारीको सिलसिलामा कुवेतमा रहनुहुने र सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई कार्यक्रमा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुन समाजका अध्यक्ष राकेश मनाङथेनले आग्रह गरेका छन्।
साथै उक्त दिन कुवेतमा क्रियाशील संघ संस्थाहरुले कार्यक्रम नजुधाई दिन कार्यक्रम संयोजक धर्म तामाङले अनुरोध गरेको छन।

कार्यक्रमको विवरण
मितिः जुलाई २२ तारिक २०२२
समयः बिहान ११ बजे देखी
स्थान : राजधनी होटल, खैतान
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttp://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments