Wednesday, February 18, 2026
spot_img
Homeगृहपृष्ठनेकपा बिपलव समुहद्वारा घोषणा गरेको बैशाख ५ गत्तेको नेपालबन्द फिर्ता गर्न घेदुङको...

नेकपा बिपलव समुहद्वारा घोषणा गरेको बैशाख ५ गत्तेको नेपालबन्द फिर्ता गर्न घेदुङको अनुरोध

आर डि क्रीएशन/ १७ अप्रील, कुवेत। नेकपा बिपलव समुहले घोषणा गरेको भोलि बैशाख ५ गत्तेको नेपाल बन्द फिर्ता गर्न नेपाल तामाङ घेदुङले प्रेश बिज्ञप्ती सहित अनुरोध गरेका छन। तामाङहरुको साँस्कृतिक पर्व मनाउन असहज हुने बताउँदै नेपाल तामाङ घेदुङले सो बिज्ञप्ती जारी गरेका छन। घेदुङ्का महासचिव मोहित कुमार घिसिङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा तामाङ जातिले हजारौं बर्षदेखी मान्दै आइरहेको साँस्कृतिक तथा धार्मिक तेमल जात्राको मितिसंग मेल भएकोले र तेमल जात्रामा असर पर्ने भएकोले बन्द फिर्ता गर्न अनुरोध गरिएको छ। तेमल जात्रा चैत्र पुर्णिमाको एक दिन अगावै बौद्ध स्तुपा परिसरमा धार्मिक पुजा पाठ गर्दै तामाङ संस्कृतिमा आधारित गीत गाउने नाच्ने गर्दै मनाइन्छ। उक्त जात्रा भोलिपल्ट अर्थात चैत्र पुर्णिामाको दिन विश्व सम्पदा चैत्य स्वयम्भुमा लगेर अन्त्य गर्ने गरिन्छ।

घेदुङद्वारा जारी बिज्ञप्ती जस्ताको त्यस्तै:

नेपाल तामाङ घेदुङ केन्द्रद्वारा बन्द फिर्ता गर्न जारी गरिएको प्रेस बिज्ञप्ति
विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments