Friday, March 6, 2026
spot_img
Homeगृहपृष्ठनेपाली आप्रवासी श्रमिकहरुका लागि ओमानमा आममाफी घोषणा

नेपाली आप्रवासी श्रमिकहरुका लागि ओमानमा आममाफी घोषणा

ओमान सरकारले भिसाको अवधि सकिएर कानुनी हैसियत गुमाएका आप्रवासी श्रमिकहरुलाई जरिवाना नतिरी स्वदेश फर्किन सक्ने व्यवस्था गरेको छ। ओमानस्थित नेपाली दूतावासका अनुसार ओमानको श्रम मन्त्रालयले यस्ता श्रमिकहरुलाई स्वदेश फर्किनका लागि तीन महिनाको समय दिएको हो।
दूतावासले एक विज्ञप्ति जारी गरी ओमान सरकारले उपलब्ध गराएको यो अवसरको सदुपयोग गर्न कागजातविहीन भएर बसिरहेका नेपालीहरुलाई आग्रह गरेको छ। यो आममाफी योजना २०२५ जुलाई ३१ सम्म लागू रहनेछ।
स्वदेश फिर्ती प्रक्रियामा सहजीकरणका लागि नेपाली दूतावासले स्वयंसेवकहरु नियुक्त गरेको छ। हाल ओमानमा करिब २२ हजार नेपाली कार्यरत रहेका छन्, जसमध्ये १० हजार महिला रहेका छन्।

दूतावासका अनुसार भिसाविहीन नेपालीको संख्या यकिन गरिएको छैन। पछिल्लो समयमा भिजिट भिसामार्फत घरेलु श्रमिकका रूपमा ओमान पुगेका नेपाली महिलाहरू विशेषगरी भिसाविहीन अवस्थामा रहेको जानकारी दिइएको छ।
ओमानको श्रम मन्त्रालयद्वारा जारी गरिएको यस योजना अन्तर्गत स्वदेश फर्किन चाहने नेपालीहरूले वेबसाइटमार्फत आवेदन दिनुपर्नेछ। आवेदन प्रक्रिया व्यक्ति स्वयं वा साथी, दूतावासका स्वयंसेवक अथवा नेपाली सोसल क्लब लगायत संघसंस्थाका प्रतिनिधिको सहयोगमा पूरा गर्न सकिनेछ।
थप जानकारीका लागि नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने जनाइएको छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments