Home गृहपृष्ठ नेपाली दूतावास कुवेतको आयोजनामा संविधान दिवस सम्पन्न।

नेपाली दूतावास कुवेतको आयोजनामा संविधान दिवस सम्पन्न।

0
नेपाली दूतावास कुवेतको आयोजनामा संविधान दिवस सम्पन्न।

दिलकुमार पाख्रीन/२५ सेप्टेम्बर, कुवेत। नेपाली दूतावास कुवेतको आयोजनामा राष्ट्रिय दिवस सम्पन्न भएको छ। हिजो साँझ कुवेतको फर्वानियास्थित क्राउन प्लाजा होटलको सभागृहमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विश्वभरिका ५ दर्जन भन्दा बढी देशहरुका कुटनैतिक नियोगका प्रमुखहरुको उपस्थिति देखिन्थ्यो। सभालाइ नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारिले सम्बोधन गर्नुभएको थियो।

गत असोज तीन गत्ते अर्थात २० सेप्टेम्बरका दिन संविधान दिवस भएता पनि कुवेतमा शुक्रबार शनिबार कुनै खाले अफिसियल कामकाज नहुने हुँदा सोही दिन मनाउन सकिएको थिएन। आइतबार साउदी अरेबिया र सोमबार पिपल रिपब्लिक चिनको बिशेश कार्यक्रम रहेकोले हिजो मंगलबार नै मनाउन पर्ने भएको थियो।

संविधान बनेको ४ बर्ष पूरा गरिसक्दा पनि कहिँ कतै संशोधन नगरिएको एक जातिय हकहितमा आधारित संविधान भन्दै नेपालमा ठूलो संख्यामा असन्तुष्ट जाहेर गर्दै कालो दिवसको रुपमा मनाइरहेका छन भने उत्तिकै संख्यामा हर्षोल्लासका साथ दिपावलिको रुपमा पनि मनाइरहेका छन। नेपाली दूतावास कुवेतले पनि संविधान दिवसकै दिन दूतावास परिसर सरसफाइ गरि दिप प्रज्वालन गर्दै संविधान दिवस मनाएको थियो।

गत बर्षमा भन्दा यसपालिको कार्यक्रममा अलि कम नियोगको उपस्थितिको महसुस भएता पनि कार्यक्रम निकै अर्थपूर्ण थियो। सभागृहको विभिन्न ठाउँमा नेपालका पर्यटकिय स्थलहरुको ठुला ठुला फ्रेममा सजाइएका तस्विहरु राखिएको थियो। नेपाली उत्पादनका सामाग्रीहरु जस्तैः ढाका, भादगाउँले टोपी, खुकुरी, जडिबुटी, चिया तथा हस्तकलाका सामाग्रीहरु प्रचार प्रसारका लागि राखिएको थियो। आगामी बर्ष नेपाल सरकारले चालेको “VISIT NEPAL 2020” लाई प्रचार प्रसार गर्न विभिन्न ठाउँमा भिजिट नेपाल २०२० को बोर्डहरु देख्न सकिन्थ्यो। त्यसो त नेपाली खानाका परिकारहरु र नेपालि लोक धुनहरु बजिरहेकोले पनि कार्यक्रम अझ बढी अर्थपूर्ण लागिरहेको महसुस गर्न सकिन्थ्यो। प्रचार प्रसारमा राखिएको विभिन्न जडिबुटी, हस्तकलाका समाग्रीहरुको बारेमा उपस्थित विदेशि नागरिकहरुलाइ नेपालिहरुले बताइरहेको देखिन्थ्यो।

कुवेतको राष्ट्रिय स्तरको थुप्रै संचार माध्यमहरु समेत उपस्थित रहेकोले यो कार्यक्रम भिजिट नेपाल २०२० अर्थात “भ्रमण बर्ष २०२०” का लागि प्रभावकारि हुन सक्दछ।
भिडियो हेर्नुहोस!
https://youtu.be/x6xBHIpaIFI