Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठनेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतद्वारा मृगौला पीडिलाई सहयोग अभियान सुरु

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतद्वारा मृगौला पीडिलाई सहयोग अभियान सुरु

आर डि क्रीएशन/ ३० जुन, कुवेत। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले मृगौला पीडितको सहयोगको लागि संघका अध्यक्ष सुनबहदुर तामाङको संयोजकत्वमा उर्मिला तामाङ सहयोग अभियान सुरु गरेको छ।

रामेछाप जिल्ला साबिकको लखनपुर गाबिस-९ की ३५ वर्षीया उर्मिला तामाङको दुबै मिर्गौला काम नलाग्ने भएको र परिवारको आर्थिक अवस्थाले उपचार सम्भव नभएको कारण विभिन्न सन्चार माध्यमबाट आएको सहयोगको लागि हारगुहारलाई मध्यनजर गरि उक्त सहयोग अभियान सन्चलन गरिएको अभियानका संयोजक एवम् संघका अध्यक्ष सुनबहादुर तामाङले जानकारी गराउनु भएको छ।

दुबैवटा मृगौला फेल भएकी उर्मिलाको हेपाटाइटिस सी भएको कारण ७ देखि ८ लाख नेपाली रुपैयाँ सम्म खर्च लाग्ने भएता पनि मृगौला प्रत्यारोपणको निम्ति नेपालमा प्रत्यारोपण केन्द्रमा हेपाटाइटिस सीका बिरामीका लागि स्थान उपलब्ध नभएको कारण उर्मिलाको उपचार भारतमा प्रत्यारोपण गर्न ४ देखि ८ लाख भारतीय रुपैयाँ लाग्ने र प्रत्यारोपण पछि पनि नियमित औषधि सेवनको निम्ति पनि मासिक १५ हजार सम्म लाग्ने केन्द्रले सिफारिसमा उल्लेख गरेको छ।

संघले उक्त कुराहरुलाई ध्यानमा राखेर पीडितले नयाँ जीवन पाउन भन्ने उद्देश्यले अभियान सन्चालन गरेको र अभियानमा आफुले सक्ने सहयोग गरिदिन हुन कुवेतमा कृयाशील संघ संस्था, सहयोगी मनका धनीहरु, बुद्धिजीवी समाजसेवी महानुभावहरुमा अपील समेत गरेको छ।

सहयोगको निम्ति संघका अध्यक्ष सुनबहादुर तामाङलाई 55044349 मा सम्पर्क गर्न सक्नुहुने छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments