Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठनेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको दोस्रो वार्सिकोत्सव १८ जनवरिमा

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतको दोस्रो वार्सिकोत्सव १८ जनवरिमा

आर डि क्रीएशन/२४ डिसेम्बर, कुवेत। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले आगामी जनवरी १८ का दिन आफ्नो दोस्रो वार्षिकोत्सव कार्यक्रम मनाउने भएको छ। कुवेतमा ट्याक्सी व्यवसाय गरेर बसेका सबै नेपालिहरुलाइ एकीकृत गरेर ट्याक्सी व्यवसायिलाइ मर्यादित बनाउँदै एक आपासमा आपत बिपत पर्दा जति सक्दो चाँडो समस्याको समाधान गर्ने उदेश्यले यो संस्था स्थापना भएको हो।

नेपाली ट्याक्सी चालकहरुलाई एकीकृत गर्दै यो व्यबसायलाइ मर्यादित गर्ने उदेश्यले संस्थाको स्थापना भए पनि यो संस्थाले नेपालमा दैवी प्रकोप, बिकास निर्माण तथा सामाजिक र मानविय कार्यहरु पनि सक्रिय रुपमा गरिरहेका छन।

आगामी १८ जनवरिमा फर्वानियास्थित युनिक अडिटोरियम हलमा हुने दोस्रो वार्षिकोत्सव कार्यक्रम कुवेतमा रहेका विभिन्न कलाकारहरुको बेजोड प्रस्तुतिहरु सहित हुनेछ। उक्त दिन कुवेतमा क्रीयाशिल कुनै पनि संघ संस्थाले कार्यक्रम नजुधाइदिनहुन र कार्यक्रममा उपस्थित भइ सभ्य र भव्य बनाउन सहयोग गरिदिनहुन आयोजक कमिटिले विनम्रता पुर्वक अनुरोध गरेका छन।

कार्यक्रम हुने,
मिति:१८ जनवरी २०१९
समय: दिउँसो ठिक १२ बजे
स्थान: युनिक अडिटोरियम हल फर्वानिया

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments