Skip to main content

Rd Creation

नेपाली फुटबल कोच अब्दुल्ला अल मुताइरिले नेपाली फुटबलबाट बिदा लिए।

दिलकुमार पाख्रीन/२१ जुन, कुवेत। नेपाली राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्ला अल मुताइरिले नेपाली फुटबल कोचबाट बिदा लिएका छन। उनले आफ्नो इन्स्टामा नेपाली माया सदभावको लागि धन्यवाद भन्दै नेपाली फुटबल क्षेत्रलाइ शुभकामना दिए संगै आफू अब उप्रान्त प्रशिक्षकको रुपमा नेपाल नफर्किने बताएका छन। एन्फाको भखरै सम्पन्न चुनावबाट पंकज विक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भए लगत्तै कोच मुताइरिले यो निर्णय लिएका हुन। केही समय पहिले उनै संगको विवादका कारण पनि मुताइरी चर्चमा थिए। पंकज विक्रम संगको विवाद नै कोच मुताइरिले नेपाली फुटबलबाट विदा लिएको हुन सक्ने धेरैले आँकलन गरे पनि यहि कारण हो भन्ने खुल्न सकेको छैन। अब्दुल्ला अल मुताइरीको टोलिले अन्तिम पटक एसियन कप २०२३ छनोट्का लागि तिन खेल कुवेतमा खेलेका थिए। जसमा जोर्डन संग २-० ले पराजित भएको थियो। कुवेतसंग ४-१ को र इन्डोनेशिया संग ७-० को फराकिलो हार बेहोरेको थियो।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.