11.1 C
Kathmandu
Wednesday, December 11, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठनेपाल आदिवासी...

नेपाल आदिवासी जनजाती महासंघ कुवेतद्वारा आगामी अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाउने


दिलकुमार पाख्रीन/ १७ जुलाइ, कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतले आगामी अगस्त ९ तारिकका दिन विश्व आदिवासी दिवस मनाउने तयारी गरेका छन। गत १४ तारिक कुवेतको फर्वानियास्थित एभरेष्ट नेपाली रेस्टुरेन्टमा अमृत तामाङको अध्यक्षतामा बसेको आदिवासी जनजाती महासंघको बैठकले कार्यक्रमको तयारिका लागि जिम्मेवारी बाँडफाँड गरेको संघका महासचिव मन्जित चाम्लिङले बताएका छन।

विश्वभरीका विभिन्न देशका आदिवासीहरुको हक अधिकार प्राप्तिका लागि बिश्वभरिकै आदिवासीहरुले मनाइने विश्व आदिवासी दिवस नेपाल आदिवासी जनजाती महासंघ कुवेतले पनि स्थापनाकालदेखी निरन्तर रुपमा मनाउँदै आइरहेका छन। नेपाल आदिवासी जनजाती महासंघको छत्रछायामा रहेर राज्यले आदिवासी जनजाती प्रती गरेको दमन, शोषण र अतिवादी परम्परालाई अन्त्य गर्दै आदिवासीले पाउनुपर्ने हक हितका लागि आवाज उठाइरहेको विश्वभरिका महासंघ शाखाहरुले पनि विश्व आदिवासी दिवस धुमधामका साथ मनाउने तय गरेका छन।

विगतमा आदिवासीका अग्रज तथा स्पष्टवक्तलाइ आमन्त्रण गरि अन्तरक्रिया तथा प्रशिक्षण गर्दै आएता पनि यसपाली समय अभावका कारण नेपालबाट आदिवासी नेतालाइ निमन्त्रणा गरेर अन्तरक्रिया तथा प्रशिक्षण गर्न नसकेको तर कुवेतकै विभिन्न संघ संस्था एवं आदिवासी जनजाती महासंघका घटक संस्थाहरुसंग सहकार्य गर्दै सबै विभिन्न जातिय झाँकिहरु प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गर्ने गरि तयारी भैरहेको जानकारी महासचिव राइले दिएका छन।

महासचिव राइले आदिवासी जनजाती महासंघका राज्य संग बिमती सहितको समान हक अधिकार र अवसरको माग राख्दै सडकदेखी सदनसम्म आन्दोलनरत रहेता पनि यो सामाजिक संस्था भएकोले कुवेतमा पनि सबै सक्रीय संस्थाहरु संग विगतमा जस्तै सहकार्य तथा हातेमालो गर्दै सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहेको बताउँदै आगामी ९ तारिकका दिन कुवेतमा सक्रीय सबै संस्थाका प्रमुख ज्युहरु एवं कुवेतमा श्रम गरिरहनुभएका तमाम आदिवासी जनजाती दाजुभाइ तथा दिदिबहिनिहरुलाइ उपस्थितिका लागि अनुरोध गरेका छन।

उपस्थितिका लागि कार्यक्रम हुने
मिती: ९ अगस्त २०१९
स्थान: अडिटोरियम हल फर्वानिया
समय: बिहान ११ बजेदेखि

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments