25.1 C
Kathmandu
Thursday, April 24, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठनेपाल कुवेत सरोकार समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राम तामाङ

नेपाल कुवेत सरोकार समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा राम तामाङ

आर डि क्रीएशन/ १७ फेब्रुअरी, कुवेत। कुवेतमा सक्रिय संस्था मध्यको एक संस्था नेपाल कुवेत सरोकार समाज कुवेतको दोस्रो अधिवेशन गत शुक्रबार सम्पन्न भएको छ। निवर्तमान उपाध्यक्ष राम तामाङलाई अध्यक्षमा निर्विरोध चयन गर्दै गत शुक्रबार कुवेतको जिलिवस्थित पप्पिन्स हलमा सो कार्यक्रम सम्पन्न भएको हो। राम तामाङको सभापतित्व, नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरको प्रमुख आतिथ्य तथा एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रदेवी पौड्यलको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रम आर डि क्रीएशनका सह निर्देशक तथा कुवेतका निक्कै प्रख्यात उद्घोषक सुरेश ग्याबाले सहजीकरण गरेका थिए।

NishanPhotos Barahakshetra -5 -

विदेशी पाहुनाहरु समेत अतिथिको रुपमा उपस्थिती रहेको सो कार्यक्रममा कुवेतका लगभग सबै संस्थाका अध्यक्ष तथा प्रतिनिधिले उपस्थिती जनाएका थिए। स्थानिय कलाकारहरुको दमदार प्रस्तुतिसंगै दिवा भोजको समेत ब्यबस्था गरेर उक्त कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम संयोजक होम पाख्रीनले उपस्थित भएका सबै अतिथिहरुलाइ स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने संस्थाका संरक्षक टिकाराम आचार्यले संस्थाको बारेमा स्पष्टीकरण राखेका थिए।

निर्वचित कार्यसमितिको नामवली:

संरक्षक:
टिकाराम आचार्य
जिमि मगर
दिनेश चौधरी
उमेश राई

सल्लाहकार:
उत्तम थापा
भिमसेन थापा
दिप गुरुङ
आशिष लिम्बु
राम लामा
मोहनदत्त चापागाईं
राम कार्की
राजन चौधरी
तारा मगर
खेम परियार
शान्त लम्साल
उमेश पुडासैनी

NishanPhotos Barahakshetra -5 -

अध्यक्ष: राम तामाङ
बरिस्ठ उपाध्यक्ष: दिनेश उप्रेती
द्वितीय उपाध्यक्ष: प्रेम तामाङ
त्रीतिय उपाध्यक्ष: सुर्य लामा
महासचिव: दामोदार बटाला
सचिव: दलबहादुर बस्नेत
सहसचिव: सोम लामा
कोषाध्यक्ष: मिलन गुरुङ
सह कोषाध्यक्ष: धर्म तामाङ

सदस्यहरु:
डेनि तामाङ, सबिन लाना, होमबहादुर थापा, दिपक बिक, बिन्दु थारु, सुकमान थिङ, मनोहरी श्रेष्ठ, टिकाराम लिम्बू, रवि कुमार गुप्त, प्रकाश मगर, पदमराज मोक्तान, बुद्धि हरिजान, सत्रुधन मुखिया, कृष्ण सुनार, तिलक कुशारी, दिपक खड्का, प्क्वन कुमार महत, सुरज राजबंशी, एम डि नाशिर, जितेन ग्याबा, दिलिप भन्डारी, शेर बहादुर मोक्तान, निमा तामाङ, सागर पंगेनी, राम बल, राम बहादुर माझी, कृष्ण सुनुवार, राजिव चौधरी, डम्बर मगर, नारायणबहादुर क्षेत्री, बिस बुढामगर, डम्बर साउद, प्रकाश राई, केशव मगर, बिकास लामा, बालसिङ मगर, मानबहादुर घिमिरे, सन्जु चौधरी, हेमराज तामाङ, सुकबहादुर लामा र सुदर्शन तामाङ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

20224 मा विश्वको व्यस्तताका बीच अन्तर्राष्ट्रिय एयरपोर्ट हडडान एयरपोर्ट – एयरपोर्ट काउन्सिल अन्तर्राष्ट्रिय

20224 एयरपोर्ट रैंकिसले एक पूर्वावलोकन दोथाको हडौना अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो जुन विश्वको शीर्ष 10 पेस्टरको बीचमा अन्तर्राष्ट्रिय यात्रुहरूको लागि हो। यो महिना, एयरपोर्ट...
- Advertisment -spot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू