9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठनेपाल कुवेत स...

नेपाल कुवेत साँस्कृतिक मंचको पाँचौ अधिवेशन तथा नवौँ बार्षिकोत्सव सम्पन्न अध्यक्षमा पुन गोविन्द बराल ।

नेपाल कुवेत साँस्कृतिक मंचको पाँचौ अधिवेशन तथा नवौँ बार्षिकोत्सव सम्पन्न अध्यक्षमा पुन गोविन्द बराल ।

सुरेश गुरुङ,२ मार्च २०१९ कुबेत “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव हिजो मिती १ मार्च २०१९ शुक्रबार दिन कुबेत को फर्वानिया स्थित दवाही प्यालेस हलमा सम्पन्न भएको छ।

गोबिन्द बराल को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपाली दुतावासको तर्फबाट तृतीय सचिब मनोज सिंह रहेको थिए भने बिशिष्ट अतिथीमा एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, मंचको संस्थापक अध्यक्ष संरक्षक: सुजन केसी रहेको थियो ।कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी ,समाजसेवी अथिती को रुपमा उपस्थित रहेका थियो।

सभापति,प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान सँगै मंचको फोटो पत्रकार:प्रसाद तिमील्सिना ले कार्यक्रमलाई संचालन गरेका थिए । भने मंचको संयोजक उमा घिमिरे ले गत मन्तब्य गर्नु भएको थिए। कार्यक्रममा प्रमुख अतिथि तृतीय सचिब मनोज सिंह,एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल,नेपाल पत्रकार महासँघ कुवेतका कोष अध्यक्ष प्रदिप नेपाली,नेपालि अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतका अध्यक्ष सोम रसाइली, एनआरएनए कुवेत सचिब उमेश पुडासैनि, लोक पप गायक बिबी मल्ल ठकुरी, मंचका संरक्षक कुमार झापाली लगाएतले शुभकामना मन्तब्य दिएका थिए । भने मन्तव्यमा मंचका संस्थापक संरक्षक:सुजन केसी, बरिष्ठ संरक्षक: टिकाराम आचार्य, नेपाल कुवेत साँस्कृतिक मंच बारे मा प्रष्ट पारेका थिए।

कार्यक्रममा नेपाल कुवेत साँस्कृतिक मंच लाई योगदान गर्ने ५ सदस्यहरु उमा घिमिरे,कलाकार नेहा राइ,कलाकार अश्मी तामाङ,कलाकार कमल कुँवर,कलाकार सन्ध्या मगर लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने कार्यक्रम लाई थप मनोरन्जन पर्न को लागि मंचका कलाकारहरु कृष्ण सुनार, नेहा राइ, बिमल श्रेष्ठ,अरु अन्या कलाकार हरु ले पाँचौ अधिवेशन तथा नवौँ बार्षिकोत्सव लाई नृत्य गीत हरु को बेजोड प्रस्तुतीले कार्यक्रमलाई झनै रोमान्चक बनाएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष गोबिन्द बराल ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सबैलाई विशेष धन्यवाद दिएका थिए ।अन्त्यमा झल्किने नृत्य र गीतहरु प्रस्तुत गरि भरपुर मनोरंजनका साथ कार्यक्रम बेलुकी ५ बजे सम्पन्न भएको थियो । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरिएको थिए।

नेपाल कुवेत साँस्कृतिक मन्च, कुवेत
कार्यसमिति नामावली:

संस्थापक, संरक्षक तथा सल्लाहकारहरु
संस्थापक संरक्षक:सुजन के. सि
बरिष्ठ संरक्षक:टिकाराम आचार्य
संरक्षक:माधब शर्मा
संरक्षक:कुमार झापाली
बरिष्ठ सल्लाहकार: हरिकृष्ण न्यौपाने
सल्लाहकारहरु:सु मित्रा पौडेल
” गीता गुरुङ
” सन्तोष सुनार
” माया न्यौपाने

कार्यसमिती सदस्यहरु

अध्यक्ष:गोबिन्द बराल
प्रथम उपाध्यक्ष: कृष्ण सुनार
महिला उपाध्यक्ष:नेहा राई
उपाध्यक्ष कुँवर
महासचिव:रोशन राई
सचिव:अरुण थापा क्षेत्रि
कोषाध्यक्ष:बिमल श्रेष्ठ
सह-कोषाध्यक्ष:सन्ध्या मगर
संयोजक: उमा घिमिरे
फोटो पत्रकार:प्रसाद तिमील्सिना

सदस्यहरु:
भुमा रसाईली
शान्ता भण्डारी
मिरा पौडेल
जीवन सुनार
अश्मी तामाङ
दिलिप कुमार शाह
राज श्याङ्बो
पुनम ठकुरी
सुजल कार्की
बसन्त परीयार
राधा भट्टराई
साबित्रा गैरे
श्याम बि सि
बिमल तामाङ
राजु थापा मगर
नबिन लिम्बु
प्रकाश गुरुङ
सुन्दर परीयार
लमु गोले

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू