Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठनेपाल तमाङ घेदुङ कुवेतद्वारा आयोजित २५६३ औँ बुद्ध जयन्ती कार्यक्रम भव्यताका साथ...

नेपाल तमाङ घेदुङ कुवेतद्वारा आयोजित २५६३ औँ बुद्ध जयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न

आर डि क्रीएशन/१९ मे, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३ औँ बुद्ध जयन्ती कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। गत शुक्रबार कुवेतको फर्वानियास्थित युनिक आइडियल अडिटोरियम हलमा नेपाली दूतावास कुवेतका मिनिस्ट्री अभ काउन्सिलर प्रकाशमणी पौड्यालको प्रमुख आतिथ्य तथा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो।

लामागुरुद्वारा पुजापाठ गर्दै सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तब्य कार्यक्रम संयोजक एवं लामागुरु नारण घलानले राखेका थिए भने कार्यक्रम नेपाल तामाङ घेदुङ कुवेतका महासचिव कृष्ण सिंतानले गरेका थिए। मुसलमानहरुको महान पर्व रमादानलाई मध्यनजर गर्दै साँझ ५ बजेबाट सुरु भएको कार्यक्रम मध्यराती १२ बजेसम्म रहेको थियो। कार्यक्रममा कुवेतमा विभिन्न संस्थामा आवद्ध रहि सामाजिक तथा मानविय कार्यमा निरन्तर लागिरहेका विभिन्न ब्यक्तित्वहरुले बौद्ध धर्म र गौतम बुद्धको बारेमा चर्चा परिचर्चा गर्दै बैशाख पुर्णिमा अर्थात शान्तिका महान दूत भगवान गौतम बुद्धको जन्म जयन्तिको शुभकामना ब्यक्त गरेका थिए। साथै लामागुरुहरुद्वारा बौद्ध धर्म र बौद्ध ज्ञानसम्बन्धी प्रवचन दिएका थिए।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments