9.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठनेपाल तामाङ घ...

नेपाल तामाङ घेदुङ कुवेतद्वारा आगामी १७ मे का दिन २५६३औँ बुद्ध जयन्ती मनाउने

दिलकुमार पाख्रीन/२३ अप्रील, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३ औँ बुद्ध जयन्ती मनाउने भएको छ। गत ५ अप्रीलका दिन नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा कुवेतको फर्वानियास्थित पार्कमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिक शुक्रबारका दिन बौद्ध धर्मानुसार पुजा पाठ गरि मनाउने निर्णय गरेको हो। नेपाल तामाङ घेदुङ कुवेत शाखाको स्थापनाकालदेखि नै घेदुङले बुद्ध जयन्ती धुमधमका साथ मनाउँदै आइरहेका छन।

राज्यले नेपालका राष्ट्रिय विभुतिको रुपमा मानेका शिद्धार्थ गौतम बुद्धलाइ बौद्ध धर्मिहरुले भगवानको रुपमा मान्ने गर्दछन। गौतम बुद्ध जन्मेका दिनलाइ बुद्ध जयन्तिको रुपमा संसारभरका बौद्ध धर्मवलम्बिहरुले मान्ने गरेको पाइन्छ। विश्वका थुप्रै देशहरुमा बौद्ध धर्मवलम्बिहरुको बाहुल्यता भए पनि ६ ओटा राष्ट्रहरुले मात्र धर्म सापेक्ष बुद्धिस्ट राष्ट्र घोषणा गरेका छन। जसरी बुद्ध नेपालमा जन्मेर पनि धर्म सापेक्ष बुद्धिस्ट राष्ट्र घोषणा हुन सकेन त्यस्तै विश्वका थुप्रै देशहरुमा बौद्ध धर्मवलम्बिहरुको बाहुल्यता भएर पनि बुद्धिस्ट राष्ट्र घोषणा हुन सकेको छैन।

२०१० को विश्व जनगणना हेर्ने हो भने ५३५ मिलियन जनसंख्याले बौद्ध धर्म मान्दछन। ५३५ मिलियन जनसंख्या भनेको विश्वको कुल जनसंख्याको झन्डै १०% जनसंख्या हो। चिनमा मात्र २४४ मिल्लियन विश्वको सबै देशहरुको भन्दा बढी जनसंख्याले बौद्ध धर्म मान्दाछन। चिनको २४४ मिलियन जनसंख्या भनेको त्यहाँका कुल जनसंख्याको १८.२% जनसंख्या हुन आउँछ। तर प्रतिशतको हिसावले विश्वको सबैभन्दा बढी बौद्ध धर्म मान्ने देश कम्बोडिया हो। त्यहाँका ९६.९०% जनताले बौद्ध धर्म मान्दछन। अहिले नेपाल बाहेक कोलम्बिया, थाइल्यान्ड, म्यानमार, भुटान, श्रीलंका, लाओस, मंगोलिया, जापान, सिंगापुर,साउथ कोरिया,ताइवान, चीन,भियतनाम र मलेसिया लगाएतका देशहरुमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता पाइन्छ।

नेपालका पनि तामाङ, शेर्पा, थाकाली, ह्योल्मो लगाएतका थुप्रै जातिले बौद्ध धर्म मान्दछन। नामको आधारमा धर्म लेखाएर राज्यले गरेको २०११ को जनगणनामा पनि ९% बुद्धिस्ट छन। यद्यपि नेपालमा कुल जनसंख्याको २२% बुद्धिस्ट धर्मावलम्बी रहेको पाइन्छ।

विश्वभरको बौद्ध धर्मावलम्बीले एकै साथ मान्ने गरेको बुद्ध जयन्तीमा संसारका प्राणी जगतलाइ दुख, पीडा नहोस सबैलाइ शान्ती छाओस भन्दै बौद्ध लामागुरुहरुद्वारा पाठ पुजा गर्दै मनाइन्छ। त्यसै अनुरुप कुवेतमा पनि तामाङ घेदुङद्वारा यो शान्तिपुर्ण कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कुवेतमा रहेका बौद्ध धर्मप्रती आस्थावान र कुवेतलाइ कर्मथलो बनाएर क्रीयाशिल सबै दाजुभाइ दिदिबहिनिहरुलाइ अयोजक नेपाल तामाङ घेदुङ कुवेत निमन्त्रणा गर्दै हार्दिक स्वागत गर्दछ।

कार्यक्रम हुने
मिति: १७ मे २०१९ शुक्रबार
स्थान: युनिक अडिटोरियम हल फर्वानिया
समय: साँझ ठिक ५ बजे

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू