7.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठनेपाल तामाङ घ...

नेपाल तामाङ घेदुङ कुवेतद्वारा सोनाम ल्होछार भव्य सम्पन्न, छुट्टाछुट्टै दुइ पिडितलाइ ४७७ दिनार आर्थिक सहयोग

दिलकुमार पाख्रीन/३ फेब्रुअरी, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित २८५५ सुँगुर वर्ग राष्ट्रिय सोनाम ल्होछार कार्यक्रम गत शुक्रबार कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ। बिहान ११ बजेबाट सुरु भएको कार्यक्रम सुरुमा लामागुरुहरुबाट पुजा पाठ गरि सुरु गरिएको थियो। लामागुरुबाट पुजापाठ गर्दै उपस्थित सम्पुर्णले संस्थाका सल्लाहकार आशबहादुर लोप्चनको हातबाट टीका ग्रहण, संघीय सदस्य राम लामाबाट खदा तथा लामागुरुबाट आशीर्वाद ग्रहण गर्दै हलमा प्रवेश गरेका थिए।

नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबाको सभापतित्व, नेपाली दूतावासका राजदूत महामहिम राजदूत यज्ञबहादुर हमालको प्रमुख आतिथ्य तथा महामहिम रिता हमालको विशेष आथिथ्यमा भब्य सम्पन्न सो कार्यक्रमलाई दुई हिस्सामा बाँडिएको थियो। पहिलो हिस्सा औपचारिक कार्यक्रम संस्थाका महासचिव कृश्न बहादुर सिंतानले सञ्चालन गरेका थिए भने दोस्रो हिस्सा साँस्कृतिक कार्यक्रम संस्कृति घेदुङका अध्यक्ष हिमाल लामा र संस्कृति घेदुङका सल्लाहकार रेशम लामाले सञ्चालन गरेका थिए। कार्यक्रममा किरात राई यायोख्खा कुवेतका अध्यक्ष मन्जित राई, आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, तमुसमाज कुवेतका अध्यक्ष राजु गुरुङ, याक्थुङ चुम्लुङ कुवेतमा अध्यक्ष बलबहादुर काम्बाङ लगाएतका झन्डै एक दर्जन वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए। सो कार्यक्रममा उपस्थित सम्पुर्णलाई उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिएको भन्दै २८५५ औँ राष्ट्रिय सोनाम ल्होछारको शुभकामना सहित कार्यक्रम संयोजक हितमाया थोकरले स्वागत मन्तव्य राखेकी थिइन।

घेदुङका ताम्बा कलाकारहरुले डम्फु र ताम्बा गीतको साथमा हल भन्दा झन्डै एक सय मिटरटाढाबाटै राजदूत दम्पतिलाइ स्वागत गर्दै हलको गेटमा राखिएको सगुनसंगै हलभित्र उत्साहित ढंगले प्रवेश गराइएको थियो। हल प्रवेशपछी वहाँहरुले पनि बौद्ध धर्म अनुसार सेतो टिका, खदा तथा आशीर्वाद ग्रहण गर्नुभएको थियो।

कुवेतमा हरेक हप्त हुने कार्यक्रममा प्राय जसो उहीँ अनुहार देख्न पाइन्छ, यो नौलो कुरा होइन। तर गत शुक्रबार भब्य सम्पन्न ल्होछार कार्यक्रम सयौंको संख्यामा सधैं देखिने भन्दा नयाँ अनुहारहरु देख्न पाइन्थ्यो। पछिल्लो समयमा लोकप्रिय बनेको ल्होछार पर्व कुवेतको उपस्थितिले पनि सोही बताइरहेको थियो। हलको क्षमता भन्दा झन्डै दुई गुणा बढी उपस्थितिको संख्याले ल्होछारको थप रौनक थपिएको आभास गर्न सकिन्थ्यो। त्यसै पनि उक्त सम्पन्न राष्ट्रिय सोनाम ल्होछार कार्यक्रममा नेपाल तामाङ संस्कृति घेदुङका कलाकारहरुद्वारा प्रस्तुत गरिएका तामाङ जातिले नाच्ने ताम्बा नृत्य, सेलो गित/नृत्य, म्हेन्दोमाया गीत/नृत्य, स्याब्रु गीत/नृत्य प्रस्तुतिहरुले कार्यक्रमलाई अत्यन्तै सुन्दर बनाएको थियो। कलाकारहरुको प्रस्तुतिमा हलको अघिल्लो भागदेखी पछिल्लो भागसम्मका उपस्थित दर्शकहरु झुम झुम नाचिरहेको देख्न सकिन्थ्यो। स्याब्रु नाच र म्हेन्दोमायामा नाचिने सामुहिक नाचले झन बढी दर्शकहरुको मन जितेर हात समातेर संगै नाच्न रुचाउनेको संख्या बढी देखिन्थ्यो।

राजदूत दम्पतिलाइ बिदाई तथा सम्मान

नेपाल तामाङ् घेदुङ कुवेतद्वारा आयोजित भव्य सम्पन्न कार्यक्रममा नेपाल तामाङ घेदुङ् कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञबहादुर हमाल र उनकी धर्म पत्नि रिता हमाललाइ सम्मानपत्र र मायाको चिनोको साथमा दोसल्ला ओढाइ बिदाइ तथा सम्मान गरेको छ। महामहिम परिवार आफ्नो चार बर्षे कार्यकाल सम्पन्न गरि केही दिनमा नै नेपाल प्रस्थान गर्दै हुनुहुन्छ। नेपाली दूतावास कुवेतको सभाकक्षमा गत महिना नेपाली दूतावासको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै महामहिम राजदूतले आफ्नो कार्यकाल सकिएको तर राजदूतावास राजदूत विहिन नराख्ने नेपाल सरकारको नितिलाइ आत्मासाथ गर्दै आफ्नो बसाइ केही दिनको लागि लम्बिएको बताउनुभएको थियो। नेपाल तामाङ घेदुङ कुवेतले राजदूत हमालको कार्यकालमा घरेलु कामदारहरुको समस्या समाधान, दूतावासलाई अझ ब्यबस्थित, नेपाल कुवेत बिच श्रम सम्झौताको पहल तथा नेपाल कुवेतबिच कुटनैतिक सम्बन्ध सुधार जस्ता थुप्रै ऐतिहासिक कार्यहरु भएको भन्दै वहाँहरुलाइ बिदाइ तथा सम्मान गरेको हो।

दुई छुट्टाछुट्टै पिडितलाइ ४७७ केडि सहयोग रकम संकलन

नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको बृहत ल्होछार कार्यक्रममा दुई छुट्टाछुट्टै पिडितलाइ झन्डै ४७७ कुवेती दिनार आर्थिक रकम संकलन गरि अभियानताहरुलाइ हस्तान्तरण गरिएको छ। दुवै मृगौला फेल भएर पिडित बनेका चैनपुर-९ खाम्ले सङ्खुवासभाका शक्तिमान तामाङका लागि त्यहाँ उपस्थित जनमानसबिच स्वेच्छिक संकलन गर्दा २३६ कुवेति दिनार संकलन अभियानका अभियान्ता बिजय लामालाइ आयोजक कमिटिले हस्तान्तरण गरेका छन।

त्यस्तै कुवेतमा सवारी चालकको रुपमा काम गरिरहेका आफैले चलाइरहेको सवारी साधान दुर्घटना हुँदा ज्यान गुमाएका नुवाकोटका शन्त बहादुर तामाङको बच्चाहरुको शिक्षा दिक्षाका लागि भनि २४१ कुवेती दिनार संकालित भएको छ। उक्त संकलित रकम सहयोग संकलन अभियानका अभियान्ता एवं नेपाल तामाङ घेदुङका सहकोषाधाक्ष्य पासाङ थोकरलाइ आयोजक कमिटिले हस्तान्तरण गरेका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments