Wednesday, February 18, 2026
spot_img
Homeगृहपृष्ठनेपाल तामाङ घेदुङ साईप्रसको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा जाङ्मो थोकर

नेपाल तामाङ घेदुङ साईप्रसको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा जाङ्मो थोकर

 

संवाददाता / २९ अक्टोबर, साइप्रस। नेपाल तामाङ घेदुङ साईप्रसको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ। हिजो निकोसिया स्थित एक होटलको सभा हलमा केन्द्रिय समितिको प्रवास बिभाग प्रमुख टासी लामाको प्रमुख आतिथ्य तथा नानू गोम्जाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त अधिवेशनले जाङ्मो थोकरलाइ अध्यक्षमा सर्वसम्मत चयन गर्दै नया कार्यसमिती चयन गरेको छ। जसअनुसार अध्यक्ष : जाङ्मो थोकर तामाङ, बरिस्ठ उपाध्यक्ष : शर्मिला लोप्चन तामाङ, उपाध्यक्ष : सबिता घिसिङ तामाङ, महासचिव : लक्ष्मी ब्लोन तामाङ, सचिव : सुनिला दोङ तामाङ, कोषाध्यक्ष: मिना लामा, सह- कोषध्यक्ष : निरु घिसिङ तामाङ र सदस्यहरुमा युविना तामाङ, साधना वाईबा तामाङ, अम्बर पाख्रीन तामाङ, कामी छ्योमो तामाङ, म्हेन्दा तामाङ, सीता तामाङ,माया थिङ तामाङ, सुशील तामाङ, राजु लामा, कुमार तामाङ, सुस्मा तामाङ, किया तामाङ, हिरामाया पाख्रीन, कल्पना वाईवा तामाङ, शुभलक्ष्मि ब्लोन तामाङ, माया वाईवा, हिरा देबि तामाङ र धन कुमारी तामाङ रहेका छन् |

त्यसैगरी महिला प्रवक्तामा उषा ब्लोन तामाङलाई चयन गरेको छ भने, संस्कृति विभाग प्रमुख : अबि लामा तामाङ र सदस्यहरुमा अञ्जली लामा , रेनु तामाङ र सुनिमाया तामाङलाइ चयन गरेका छन् | प्रमुख सल्लाहकारमा नानू गोम्जा तामाङ, सल्लाहकारहरु : ज्ञानु तामाङ, हर्कमान वाईबा तामाङ र माया लोप्चान तामाङलाई अधिवेशनले चयन गरेको छ |

“तामाङ जातिको उत्थान, भाषा धर्म र संस्कृतिको संम्बर्द्वन ” भन्ने मुल मन्त्रका साथ २३ अक्टोबर २०१६ मा स्थापित घेदुङ साईप्रसको हरेक दुई बर्षे कार्यकाल रहनेछ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments