Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठपछिल्लो समयमा तीन जना पर्यटकको निधन

पछिल्लो समयमा तीन जना पर्यटकको निधन

१४ नोभेम्बर, कुवेत। तीन दिनको अबधिमा सोलुखुम्बुमा तीन विदेशी पर्यटकको मृत्यु भएको छ।

एक पर्यटकको लडेर मृत्यु भएको हो भने बाँकी दुईको मृत्यु आकस्मिक रुपमा भएको प्रहरीले जनाएको छ।

खुम्बु क्षेत्रको भ्रमणमा रहेका ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजाको मंगलबार मृत्यु भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा उनको मृत्यु भएको हो। लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा मंगलबार उनको मृत्यु भएको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए।

खुम्बु पासाङल्याु–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको हो। मृत्युको कारण भने खुल्न सकेको छैन।

आइतबार सोही गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको पनि मृत्यु भएको थियो। उनको मृत्युको कारण खुलेको छैन।

सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने ठाउँमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार नेपालखबरमा छापेको छ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments