Friday, January 16, 2026
spot_img
Homeगृहपृष्ठपत्रकारका परिवारलाई ग्रामीण पत्रकार समूहको सम्मान

पत्रकारका परिवारलाई ग्रामीण पत्रकार समूहको सम्मान


ग्रामीण पत्रकार समूहले बराहक्षेत्रका पत्रकारका परिवारलाई सम्मान गरेको छ । 

पत्रकारिताको क्षेत्रमा काम गर्न परिवारको समेत उत्तिकै साथसहयोग भएकाले पत्रकारका परिवार वास्तविक सम्मानको हकदार भएकाले सम्मान कार्यक्रम राखिएको अध्यक्ष हिरण्य कार्कीले बताए । 

समूहको आठौं स्थापना दिवसका अवसरमा शनिबार बेलका बीच रिसोर्टमा प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पत्रकारका परिवारलाई सम्मान गरे ।  

Arjun Shrestha pariwar

मन्त्री मण्डलले बराहक्षेत्रको विकास गर्न आफूले सक्दो प्रयत्न गरिरहेको बताए । आफू ०४६ सालदेखि राजनीतिक गतिविधिमा सक्रिय भएकाले गिरिजाप्रसाद कोइरालादेखिको राजनीतिक गतिविधिको प्रत्यक्ष साक्षी रहेकाले अब यो ठाउँको विकास आफू मन्त्री भएका बेला नगरे कसले गर्ने भन्दै विकासको ठोस खाका कोरेको बताए । उनले बराहक्षेत्रको चक्रघट्टी बजारलाई सुन्दर बनाउनेदेखि यहाँको कोशी नदीमा आधारित पर्यटनको विकासमा ध्यान दिने बताए । कोशी प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष २०८२ भव्यताका साथ मनाउने सन्दर्भमा धार्मिक पर्यटकीय क्षेत्र बराहक्षेत्रलाई विशेष ध्यान दिने बताए । 

IMG_20250208_173558

विशिष्ट अतिथि बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतमले समूहको स्थापना दिवसको शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकारलाई अहोरात्र सूचना प्रवाहमा सहयोग गर्ने घरका परिवारलाई सम्मान गर्ने काम सह्रानीय भएको बताए । बराहक्षेत्र-८ का वडाध्यक्ष रोशन खड्काले ग्रामीण पत्रकार समूहमा आवद्ध सञ्चारकर्मीले बराहक्षेत्र विकासमा योगदान गरेको चर्चा गरे । उनले समाजका आवाजविहीनहरुको आवाज बोल्ने र विकृति, व्यथितिलाई उजागर गरेर सन्तुलित समाज निर्माण गर्न पत्रकारले गरेको भूमिकाको प्रशंसा गरे । 

विशेष अतिथि बेलका बिच रिसोर्टका सञ्चालक तथा माओवादी केन्द्रका प्रदेश सदस्य रमण भट्टराईले बेलका र बराहक्षेत्रको भूगोलमा धार्मिक पर्यटकीय र सहासिक खेल पर्यटनमा विविधता भएकाले यसको समग्र विकासमा प्रदेश पर्यटन मन्त्रालय गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । 

IMG_20250208_173109

स्थापना दिवसको अवसरमा समूहले नेपाल पत्रकार महासङ्घ सुनसरीको २७ औं अधिवेशनबाट कोशी प्रदेश परिसद सदस्यमा निर्वाचित वराह खबरका प्रधान सम्पादक नवराज विष्टलगायतका सञ्चारकर्मीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कार्यसमिति सदस्यमा निर्वाचित समूहका अध्यक्ष हिरण्य कार्की, पत्रकार विजयकुमार राई र प्रदेश परिसद सदस्य हिमाल राई रहेका छन् । उनीहरुलाई सम्मानपत्रसहित खादा लगाएर प्रमुख अतिथि पर्यटन मन्त्री मण्डलले सम्मान व्यक्त गरे ।

बराहक्षेत्रमा २०७४ सालमा स्थापना भएको ग्रामीण पत्रकार समूहले स्थानीय पत्रकारको वृत्ति विकास र हीतका लागि काम गर्ने लक्ष्य राखेको छ । यसै सन्दर्भमा सिर्जनात्मक कामसमेत गर्दै आएको अध्यक्ष कार्कीले बताए । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments