Monday, April 13, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरमा तयारी पुरा RD Creation

पाँचथरमा तयारी पुरा RD Creation


पाँचथर– पाँचथरका १ सय २ मतदान स्थलमा तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अस्थायी मतदान स्थल रहेका जिल्ला कारागारमा पनि तयारी पुरा भएको छ ।

सबै मतदान स्थल तयार भएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए । कहाँ कस्तो अवस्था छ भनेर निरन्तर समन्वय भईसकेकाले मतदानका लागि तयारी पुरा भएको उनले जानकारी दिए । पाँचथरमा १ सय ७९ स्थायी र एक अस्थायी मतदान केन्द्र रहेका छन् । चुनावी मैदानमा १५ उम्मेदवार रहेको पाँचथरमा १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन् । मतदानकै राती सबै मतपेटिका सदरमुकाम ल्याउन तयारी गरिएको छ ।

उच्च सुरक्षा सतर्कता

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । तीन वटै सुरक्षा निकायको मतदान स्थल भन्दा बाहिरका क्षेत्रमा पनि उपस्थित छ । विभिन्न ठाउँमा गस्ती बढाइएको जानकारी दिइएको छ ।

हालसम्म जिल्लामा शान्तिपूर्ण अवस्था रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । राष्ट्रिय अनुसन्धान र सादा पोशाकका प्रहरी पनि परिचालित छन् । मतदानको अघिल्लो राती हुन सक्ने सम्भावित अवस्थालाई आकलन गरी तयारी रहेको जानकारी दिइएको छ ।

मेची राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकिङ गरिरहेको छ । पाँचथरका २९ मतदान स्थल अति संवेदनशील रहेका छन् । ६६ संवेदनशील र ७ सामान्य रहेका छन् ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments