25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
Homeगृहपृष्ठपाँचथरमा रोजी र सुनीललाई ब्याडमिन्टन उपाधि RD Creation

पाँचथरमा रोजी र सुनीललाई ब्याडमिन्टन उपाधि RD Creation


पाँचथर । पाँचथरमा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा उदयपुरकी रोजी राईले उपाधि जितेकी छन् । रोजीले बुधबार भएको फाइनलमा इलामकी निशाम सुब्बाला लाई २१–१७ १७–२१ र २१–१२ को सेटमा हराउदै उपाधि जितेकी हुन् ।

- Advertisement -

पुरुष एकलको उपाधि सङखुवासभाका सुनिल कार्किले जितेका छन् । कार्कीले फाइनलमा भोजपुरका बिशाल तामाङलाई १९–२१ र २१–१५ र २२–२० कोसेटमा हराउदै उपाधि जिते ।

पुरुष युगलको उपाधि भोजपुरका बिशाल तामाङ र निश्चल खत्रिको जोडीले जितेको छ । बिशाल र निश्चलको जोडीले मोरङका महेश खड्का र लाम्पा शेर्पाको जोडीलाई ९–२१ ,२१–१७ र २१–१२ ले हराएको थियो ।

मिश्रित युगलको उपाधि प्रनिशसिं ठकुरी र अमृता गिरिको जोडीले जित्यो । प्रनिशसिं र अमृताको जोडीले सुनिल कार्कि र नबिना राईको जोडीलाई २१–१७ १७–२१ र २१–१२ ले हराएको थियो ।

- Advertisement -

भेट्रान्स तर्फ ४५ वर्ष माथिको उपाधि सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले जितेको छन् । सञ्जय र अनिलको जोडीले पाँचथरका दिपक आङदेम्बे र मोरङका उत्तम सिमखडाको जोडीलाई २१–१३ २१–१० ले हरायो ।

भेट्रान्स तर्फकै ५५ वर्ष माथीको उमेर समुहको उपाधि बैतडीका गणेश चन्द र पुर्णचन्द जोशीकोे जोडीले जित्यो । जनप्रतिनिधि र कर्मचारीहरुको उपाधिले जिल्ला समन्वय समिती पाँचथरका प्रमुख रामराज आङदेम्बे र ओखलढुङगाका रामकुमार राईको जोडीले जित्यो ।

- Advertisement -

जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका थिए ।

जिल्ला समन्वय समिति पाँचथरको कभर्डहलमा भएको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाको ५८ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा ८२ वर्षिय पूर्व खेलाडी मोहन बहादुर शाहि, राष्ट्रिय प्रशिक्षक सुदीप योञ्जन र लङशाला,रत्नजित तामाङ र सरादेबी तामाङका बुबा दानबहादुर तामाङ र कृष्ण बहादुर भट्टचनलाई सम्मान गरीएको थियो ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफिसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे । भेट्रान्सतर्फ विजेताको जोडीले ३० र दोस्रो जोडीले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments