Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठपाँच जना बहुचर्चित कलाकारहरुको साथमा राष्ट्रिय सोनाम ल्होछार २५ जनवरिका दिन मलेसियामा

पाँच जना बहुचर्चित कलाकारहरुको साथमा राष्ट्रिय सोनाम ल्होछार २५ जनवरिका दिन मलेसियामा

लनम तामाङ/ २५ नोभेम्बर, क्वालालम्पुर मलेसिया। नेपाल तामाङ घेदुङ मलेसियाले पहिलो एेतिहासिक अधिवेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं जिवा ल्हो (मुसा वर्ग) को पावन अवसरमा नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलाकार संघको सहकार्यमा सोनाम ल्होछार तथा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी २०२० जनवरी २५ तारिख आइतबारको दिन क्वालालम्पुरस्थित होटल एरिना स्टार क्वालालम्पुरमा बृहत रुपमा मनाउन तयारी भैरहेको आयोजक कमिटीले आर डि क्रीएशनलाइ जानकारी दिएका छन।

संसार भरि छरिएर रहेका सम्पूर्ण तामाङहरु एक हौं! हाम्रो भाषा,धर्म,र संस्कृतिको जगेर्ना गरौं!! भन्ने मुल नारालाई आत्मासाथ गर्दै सन् २००५ मा स्थापना भएको तत्कालीन तामाङ समाज मलेसिया र गत जुन २१ मा गठन भएको नेपाल तामाङ घेदुङ मलेसिया सङ्ग एकता गरिए पश्चात् तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सदा झै आयोजना गर्न लागिएको हो।

यस कार्यक्रमको प्रयोजक रेष्टुरेन्ट मंडला र फुलबरी रेष्टुरेन्टको रहेको छ । मिडिया पर्टनरमा नेपाल अादिवासी जनाजति पत्रकार महासंघ लगयतका १९ भन्दा बढि मिडियाहरु रहेका छन ।

उक्त कार्यक्रम नेपालको राष्ट्रिय तामाङ कलाकारहरु फुल कुमार बोम्जन तामाङ, बिमला थिङ तामाङ,आरम्भ थोकर तामाङ सिर्जना स्याङतान तामाङ तथा मोडेल/डान्सर निरञ्जली थोकर तामाङ र साथमा स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने गरि तयारी भैरहेको स्रोतले बताएका छन। कार्यक्रममा मलेसिया भरि छरिएर रहनुभएका अाम तामाङ तथा गैर तामाङ समुदायहरुलाई लक्षित गरी टिकट बिना नै कार्यक्रम स्थलमा प्रवेश गराउने नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाइबा तामाङले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments