22.1 C
Kathmandu
Saturday, May 24, 2025
spot_img
Homeगृहपृष्ठपिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु RD Creation

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु RD Creation


काठमाडौं : झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

भद्रपुर नगरपालिका-१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मंगलबार साँझ साढे ७ बजेको समय मेची राजमार्गको बनियानी–भद्रपुर सडक खण्ड अन्तरगत भद्रपुर- २ स्थित हिमाली टोलबाट भद्रपुरतर्फ आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको मोटरसाइकललाई मे १ च ५४४७ नम्बरको पिकअपले ठक्कर दिएको थियो।

दुर्घटना परी घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले दुवै सवारीसाधनसहित पिकअप चालक भद्रपुर-३ का ४४ वर्षीय पङ्कज सुवेदीलाई नियन्त्रणमा लिएको छ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments