24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठप्रचण्डजीलाई माओवादी खोज्नुपर्ने स्थितिमा पुग्छ भन्ने चिन्ता छ : महेश बर्तौला RD...

प्रचण्डजीलाई माओवादी खोज्नुपर्ने स्थितिमा पुग्छ भन्ने चिन्ता छ : महेश बर्तौला RD Creation


काठमाडौं : नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ सम्मै टिक्यो भने माओवादी खोज्नुपर्ने अवस्थामा पुग्छ भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिन्तित रहेको बताएका छन् ।

आज संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रचण्डले विहान उठेदेखि बेलुका सुत्ने बेलासम्म सरकार ढाल्ने कुरा गरिरहेको बताएका हुन् । कांग्रेस–एमालेकाबीच कुनै असमझदारी नरहेको बताउँदै उनले प्रचण्डले आफ्नो स्वार्थका लागिमात्रै सरकार ढल्ने भ्रम फैलाएको दाबी गरे ।

‘कांग्रेस–एमालेबीच कुनै समस्या छैन । प्रचण्डजीलाई यो दुई पार्टीको सहयात्रा २०८४ सम्म पुग्यो भने माओवादी खोज्नुपर्ने परिस्थितिमा पुग्छ भन्ने चिन्ता छ,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments