Homeगृहपृष्ठप्रतिनिधिसभामा कार्यव्यवस्था समिति गठन, पाँचथरबाट केरुङ चयन RD Creation

प्रतिनिधिसभामा कार्यव्यवस्था समिति गठन, पाँचथरबाट केरुङ चयन RD Creation


काठमाडौं  ।   प्रतिनिधिसभाको सोमबार बसेको बैठकले २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ। समितिमा विभिन्न दलका सांसदहरूलाई समावेश गरिएको छ भने पाँचथरबाट नरेन्द्र कुमार केरुङ सदस्यका रूपमा चयन भएका छन्।

समितिमा अच्युतम लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुस्वु ओली, गणेश सिंह ठगुन्न, गुरुप्रसाद बराल, गंगा लक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, प्रकाश चन्द्र परियार, निशा डाँगी, बोध नारायण श्रेष्ठ, मिना कुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा. राम लामा र विपिन कुमार आचार्य पनि सदस्य रहेका छन्।

समितिको मुख्य उद्देश्य प्रतिनिधिसभाको आन्तरिक कार्यव्यवस्था र नियमावलीको परामर्श तथा व्यवस्थापनमा सहयोग गर्नु हो।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments