23.1 C
Kathmandu
Friday, September 20, 2024
spot_imgspot_imgspot_img
Homeखेलकुदप्रथम शुक्र स्मृति भलिबल प्रतियोगिता सम्पन्न

प्रथम शुक्र स्मृति भलिबल प्रतियोगिता सम्पन्न

आर डि क्रीएशन/ २९ डिसेम्बर, कुवेत। खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं २ सुन्तलेमा गत बुधबार देखि सुरु भएको सुक्र रानामगरको पहिलो स्मृती दिवसको उपलक्ष्यमा आयोजित खुला वडास्तरिय भलिबल प्रतियोगिता “प्रथम शुक्र स्मृति भलिबल” को उपाधि आयोजक ए टिमले जितेका छन् । उक्त प्रतियोगितामा पहिला पुरुष दुवै टिमहरुले भाग लिएका थिए।

प्रतियोगिताको पुरुष तर्फ त्रियुगा न.पा.१५ उदयपुरलाई पराजित गर्दै आयोजक ए टिमले उपाधि जित्न सफल भएको हो। त्रियुगा न.पा.१५ उदयपुरले द्धितीयमा उपाधि जितेका छन भने बराहपोखरी गाउँपालिका वडा नं ४ फाक्टाङले तृतीय स्थान हासिल गरेका छन। बिजेता टिमले ३० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन। त्यस्तै गरि उपविजेता उदयपुरले २० हजारसहित शिल मेडल र प्रमाणपत्र र तृतीयले १० हजार नगदसहित शिल मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

महिला भलिबल तर्फमा भने आयोजक ए टिमले नै उपाधि जितेका छन। बराहपोखरी गाउँपालिका वडा नं. ३ साउनेचउरलाई पराजित गर्दै उपाधि जित्न सफल भएका छन। त्यस्तै गरिबराहपोखरी गाउँपालिका वडा नं ३ साउने चौर द्वितीय र वडा नं ४ फाक्टाङ ए ले तृतीय स्थान हासिल गरेका छन। महिला तर्फको विजेताले १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। त्यस्तै गरि द्वितीयले १० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र तृतीयले ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त gaरेका छन् ।

लोकदोहोरीमा भने बराहपोखरी गाउँपालिका वडा नं. ४ फाक्टाङ् ए प्रथम भएका छन् । आयोजक ए द्वितीय भएका छन् भने आयोजक सी तृतीय भएका छन् । प्रथमले ५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र, द्धितीयले ३ हजार नगद शिल्ड र प्रमाणपत्र र तृतीयले २ हजार नगदसहित शिल मेडल र प्रमाणपत्र जितेका छन् ।

विजेता खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जारा र उपाध्यक्ष गोमा मगरले पुरस्कार वितरण गरेकी थिइन ।

वडा नं.२ सुन्तले निवासी गंगा बहादुर राना मगरका छोरा शुक्र राना मगर गतवर्ष पुस २४ गतेका दिन आफ्नै घरमा सामान्य ज्वरोका कारण निधन भएको थियो। मगरको पहिलो स्मृति दिवसको अवसरमा आयोजना गरिएको यस खेलमा विभिन्न ठाउँका दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

मगर एक कुसल खेलाडी थिए । उनी खोटाङ् जिल्ला स्तरीय खेलाडीहरु मध्ये एक खेलाडी थिए । सानै उमेरदेखि भलिबलमा सक्रिय रहेका उनले जिल्लामा भएका जिल्ला स्तरीय खेलहरुमा सहभागी भइ धेरै खेलहरु जितेका थिए । जिल्लाका विभिन्न ठाउँहरुमा खेल खेलेका उनलाई जिल्लामा निकै चर्तित खेलाडीको रुपमा पनि चिनिन्थ्यो ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments