Skip to main content

Rd Creation

प्रधानमन्त्री बारे भ्रामक समाचार छाप्ने एक जना पक्राउ

आर डि क्रीएशन/ ३० अक्टोबर, कुवेत। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बारे भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार प्रहरीले पाथिभरा अनलइन डटममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरेको हो। प्रहरीले मानन्धरलाई विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही सुरु गरेेेको बताएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहित प्रचार भएकोप्रति आपत्ति जनाएका थिए। मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनी बनाएर गरिएका प्रचारवाजीबारे आफू जानकार रहेको भन्दै आपत्ति बताएका हुन्।
‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका थिए, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोधसमेत गर्दछु।

Advertisements

 

साभार: अन्नपूर्ण पोस्ट 

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.