Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठप्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अवकाशमा

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया अवकाशमा


काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ६ वर्षे कार्यकाल पुरा गरी शुक्रबार अवकाश भएका छन् ।

६ वैशाख, २०७६ मा नियुक्त भएका उनलाई निर्वाचन आयोगका अरु पदाधिकारी र कर्मचारीहरुले विदाइ गरेका छन् । नेपालको संविधानमा निर्वाचन आयोगका प्रमुख र अरु आयुक्तहरुको ६ वर्षे पदावधि तोकिएको छ । प्रमुख आयुक्त थपलियाले आफ्नो नेतृत्वको कार्यकालमा २०७९ सालको स्थानीय तह निर्वाचन र २०८० सालमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराएका थिए ।

निवाचन आयोगमा नियुक्त हुनुअघि थपलिया नेपाल सरकारका सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments