Friday, January 16, 2026
spot_img
HomeEnglish Newsप्रशिक्षक तामाङ – Online Khabar

प्रशिक्षक तामाङ – Online Khabar

२६ माघ, काठमाडौं । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले आगामी फागुनको पहिलो साता काठमाडौंमा हुन लागेको चार देशीय महिला फुटबल प्रतियोगितामा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर मान्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रशिक्षकसँगको अन्तर्क्रिया कार्यक्रममा तामाङले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सबै टिमले राम्रो तयारी गरेर खेल्न आउने उल्लेख गर्दै सबै आ-आफ्नो हिसाबले बलियो हुने उल्लेख गरे ।

‘राम्रो टिमहरू आउँदै छन्, राम्रै तयारी गरेर आएका हुन्छन्, कसैलाई पनि कमजोर मान्नु हुँदैन’ तामाङले भने, ‘उनीहरूको खेल कस्तो छ त्यो हेरेर योजनाहरू बनाउनुपर्छ।’

एन्फाको आयोजनामा फागुन ५ देखि दशरथ रंगशालामा महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालसँगै म्यानमार, लेबनान र कीर्गिस्तानको सहभागिता रहनेछ ।

फिफा वरियतामा नेपाल १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा रहँदा कीर्गिस्तान १२८औं र लेबनान १३४औं स्थानमा छन् । प्रतियोगिताको सबैभन्दा बलियो टोलीका रूपमा म्यानमार रहेको छ ।

हाल ३९ जना खेलाडीलाई प्रारम्भिक रूपमा क्लोज क्याम्पमा बोलाएर प्रशिक्षण भइरहेको छ । अब एक-दुई दिनमा यो संख्या ३० मा झार्ने प्रशिक्षक तामाङले बताएका छन् ।

‘तयारी हाम्रो एकदम राम्रो भइरहेको छ, अहिले ३९ जना प्रशिक्षणमा छन् अब यो संख्या ३० मा झारेर आइतबार नाम निकाल्छु’ उनले भने, ‘विदेशमा भएका खेलाडीहरू पनि अब आउँछन्।’

प्रशिक्षक तामाङका अनुसार कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा फेब्रुअरी १२ सम्म नेपाल आइपुग्ने छिन् । त्यस्तै रेखा पौडेल यूएईबाट फेब्रुअरी १५ सम्म आइपुग्ने र साबित्रा भण्डारी फेब्रुअरी १७ सम्म आइपुग्ने बताए ।

साबित्रा खेल हुने दिन विहान नेपाल आइपुग्ने सम्भावना रहेकाले उनले नेपालको पहिलो खेल गुमाउन सक्ने तामाङले जनाए । त्यस्तै पछिल्लोपटकको टोलीबाट अमिषा कार्कीले प्रतियोगिता गुमाउनेछिन् ।

उनी आर्मीको सेकेन्ड लेप्टिनेन्टको तालिममा रहेकाले प्रतियोगिता गुमाउनेछिन् । त्यस्तै साफ च्याम्पियनसिपका बेला घाइते भएका हिरा भुजेल र दीपा शाही अझै रिकभर भइसकेका छैनन् । यो हिसाबले प्रशिक्षकले तीनवटा खेलाडीको विकल्प खोज्नुपर्नेछ ।

यस प्रतियोगितामा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको साथ हुने प्रशिक्षक तामाङको भनाइ छ । त्यसकारण उनले टिमको वरियता हेर्नेभन्दा पनि उनीहरूलाई च्यालेन्ज दिन सक्ने खालको प्रदर्शन गर्ने र उपाधि जित्ने लक्ष्य राखेको बताएका छन् ।

उनले बंगलादेशको उदाहरण दिँदै नेपालभन्दा धेरै तल्लो वरियतामा रहेपनि साफमा दुईपटक हराएको कुरा उल्लेख गरेका थिए । ‘हामीले वाफमा लेबनानलाई हराएका थियौं, त्यसबेला एकदम राम्रो खेलेको थियौं तर ट्याक्टिकल कुरामा लेबनान बलियो छ त्यसकारण अलिकति प्रेसर दिन सकियो भने जित्न सकिन्छ’ उनले भने ।

त्यस्तै कीर्गिस्तानलाई नेपालले २०१९ मा ८-२ को फराकिलो अन्तरले हराएको भएपनि अहिले धेरै समय भइसकेकाले टिम परिवर्तन भएर आउने हुनाले हल्का रूपमा नलिने बताए । ‘धेरै पहिले ८ गोल हानेको हो तर अहिले फेरिएर आएको हुनसक्छ’ उनले भने ।

नेपाल म्यानमारसँग पछिल्लोपटक २०१९ मै ३-१ ले पराजित भएको थियो । तुलनात्मक रूपमा म्यानमार धेरै बलियो भएपनि टक्कर दिने हिसाबले खेल प्रदर्शन गर्ने प्रशिक्षक तामाङले जनाए ।



Source link

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments