10.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeशिक्षाप्रेमपुर्ण प्...

प्रेमपुर्ण प्रताप फाउन्डेसनद्वारा धनकुटाका दुई ओटा विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न।

आर डि क्रीएशन/२२ फेब्रुअरी, धनकुटा। प्रेम पुर्ण प्रताप फाउन्डेसनद्वारा धनकुटाका दुई छुट्टाछुट्टै विद्यालयलाइ शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। बरिस्ठ समाजसेवी तथा प्रेम पुर्ण प्रताप फाउन्डेसनकि संस्थापक पद्मा प्रधानकि कान्छी छोरी अाहाना प्रधानको जन्म दिनको अवसरमा धनकुटा जिल्ला पाख्रिबास- २ को बालपञ्च माध्यमिक बिधालय र ४ गत्ते पाख्रिबास -२ अोख्रे अवस्थित जन कल्याण अाधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ किताब बोक्ने झोला, कपि, कलम लगाएतका शैक्षिक सामाग्रीहरु वितरण गरि उनको जन्म दिन मनाइएको हो।

प्रेम पुर्ण प्रताप फाउन्डेसनको तर्फबाट दोर्जे लामाको प्रमुख आतिथ्यता तथा विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष तोर्ण बहादुर खत्रीको सभापतित्वमा गत फागुन २ गत्तेका दिन सो कार्यक्रम सम्पन्न भएको हो। सम्पन्न सो कार्यक्रम ममता तामाङले सहजीकरण गरेकी थिइन।

प्रेम पुर्ण प्रताप फाउन्डेसन, नेपालभरी नै दुर्गम जिल्लाका विद्यालयहरुमा शिक्षा बाँड्ने प्रयासमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्रवृत्ति, शैक्षिक सामाग्रीहरु र जाडोमा लगाउन स्वेटर जस्ता शिक्षामा आवस्यक स्टेशनरिका सामानहरु वितरण गर्दै नेपाललाइ शिक्षित बनाउने अभियानमा जुटेको छ। यो कार्यक्रम भन्दा पहिले रामेछाप, दोलखा, सिन्धुपाल्चोक लगाएतका जिल्लाहरुमा पनि यस्तै शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ। त्यस्तै अब छिट्टै नै भोजपुर र सङ्खुवासभामा पनि वितरणको कार्यक्रम लिएर जाने कार्यक्रमका प्रमुख अतिथी दोर्जे लामाले उद्घोष गरेका छ। उनले यश अभियानमा साथ दिनुहुने क्रान्ति सुब्ब र मुकुन्द शर्मलाइ यसै कार्यक्रम मार्फत धन्यवाद ज्ञापन गरेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू